स्थानीय चुनाव र अन्य बर्षका चुनावमा जस्तो यो पटकको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमाहरु उत्साहित देखिएकाछैनन । स्थानीय चुनावमा जस्तो भिडभाड होला मतदान गर्ने पालो आउँला गाह्रो पर्ला भने पानीको बोतल समेत बोकेर मतदाताको लाइन बस्न आएकी धरान ५ कि मतदाता सुस्मा बिकलाई यो पटकको निर्वाचनमा मतदान गर्न ५ मिनेट पनि लागेन । मतदान सकेर गेटबाट निस्कदै गर्दा राजनीतिक दलहरुले तयार गरेको खानाको लाइन भने लामो देखेको उनले बताइन ।

सुनसरी क्षेत्र नम्बर १ मा रहेका मतदान केन्द्र आसपास दलहरुले राखेको खानाका स्टलहरु भरिभराउ हुँदा मतदान स्थल खाली खाली हुनु मतदाताहरुको अनुपास्थिती हुनुमा बिगतका दिनहरुमा जितेर गएका दलहरु गैर जिम्मेवारी भएर मतदाताहरुमा वितृष्णा जागेको धरान ५ का एक शिक्षकले बताए ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।