Monday, February 16, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

फागुन १ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘शिवांश’ को गीत सार्वजनिक

यहि महाशिवरात्रिको अवसर पारेर आगामी फागुन १ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘शिवांश’ को पहिलो गीत बैश भुसुक्कै बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८२ माघ ४ गते २२:१८ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
फागुन १ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘शिवांश’ को गीत सार्वजनिक
42
SHARES
Share on FacebookShare on Twitter

यहि महाशिवरात्रिको अवसर पारेर आगामी फागुन १ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘शिवांश’ को पहिलो गीत बैश भुसुक्कै बोलको गीतको भिडियो सार्वजनिक भएको छ । चर्चित गायक तथा संगीतकार राजनराज शिवाकोटी र सरोज रञ्जितकारको शब्द तथा राजनराज सिवाकोटीकै संगीतमा गायिका समीक्षा अधिकारी र राजनले गीतलाई गाएका छन । टिपिकल नेपाली शब्द र लोकलयको मिठास बोकेको गाउँबेसीको मौलिक भाका र शब्द संयोजनले गीतलाई ‘क्याची’ बनाएको छ ।

विक्रम चौहानको कोरियोग्राफी रहेको भिडियोमा फिल्मका मुख्य कलाकार तेज गिरी, विमला लिम्बू र बारत लिम्बूको अभिनय छ । प्रेमी(प्रेमिका बीचको तारिफ, प्रेम, आकर्षण र संयोगलाई गीतको दृश्यमा आकर्षक ढङ्गले प्रस्तुत गरिएको छ । अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहेको यस फिल्ममार्फत सन्तोष कुमार आत्रेयले निर्देशनमा ‘डेब्यु’ गरेका छन् ।

ADVERTISEMENT

केही दिनअघि मात्र सार्वजनिक गरिएको टिजरले दर्शकमा कौतुहलता जगाइरहेको समयमा निर्माण पक्षले दोस्रो प्रचार सामग्रीको रूपमा फिल्मको पहिलो गीत ‘बैंश भुसुक्कै’ सार्वजनिक गरेको हो । शिवांश’को कथा यसै फिल्मका निर्माता अञ्जान केसीले लेखेका हुन् भने स्क्रिनप्ले बारत लिम्बूको छ । सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन् भने कार्यकारी निर्माता शम्भु थापा हुन् ।

चलचित्रमा प्रवीण खतिवडा, विमला लिम्बू, रुषा न्यौपाने, तेज गिरी, विकास जोशी, उदय कुमार सुब्बा, सन्तोष कुमार आत्रेय, बारात लिम्बू, प्रदीप कुमार चौधरी, तुलसा लिम्बू, सबिर चुरौटे, टिका निरौला, कुन्दन चौधरी, सागर घिमिरे, रत्न लिङ्देन लगायतको अभिनय रहेको छ ।
चलचित्र चौतारीले पोस्ट प्रोडक्सन सम्हालेको ‘शिवांश’को वितरणको जिम्मा डिजिटल सिनेमा नेपाल ९डीसीएन० ले लिएको छ ।चलचित्रमा न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटी संगीत तथा स्वर, शब्द रचना विप्लव प्रतीक र राजनराजको रहेको छ भने छायांकन सरद महतोले गरेका हुन् । द्वन्द्व निर्देशन मिलन श्रेष्ठ, स्क्रिप्ट डक्टर सुलक्षण भारती र भीएफएक्स विराज खड्काको रहेको छ ।

Previous Post

मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन -२ अन्तर्गतको ट्यालेन्ट राउण्ड सम्पन्न

Next Post

‘कुमारी’को कन्सर्टमा करिब ७ हजार पोखरेली दर्शकहरुको मायाले मख्ख निर्देशक राउत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा  १८ जना  छनोट

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा १८ जना छनोट

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १९:१७ बजे प्रकाशित
0

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १७:३३ बजे प्रकाशित
0

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते ०९:४९ बजे प्रकाशित
0

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

by हंगामा खबर
२०८२ फाल्गुन २ गते २०:०३ बजे प्रकाशित
0

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

by हंगामा खबर
२०८२ माघ २८ गते १९:३८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist