Monday, February 16, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

चलचित्र ‘कुमारी’ को नेपालगन्जमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट सम्पन्न

यही माघ २३ गतेबाट देशभर प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ुकुमारीुको निर्माण टिमले बाँकेको नेपालगन्जमा ुकुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङाु भव्य रूपमा सम्पन्न गरेको छ।

हंगामा खबर by हंगामा खबर
२०८२ माघ ३ गते १७:१९ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
चलचित्र ‘कुमारी’ को नेपालगन्जमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट सम्पन्न
44
SHARES
Share on FacebookShare on Twitter

यही माघ २३ गतेबाट देशभर प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र कुमारीुको निर्माण टिमले बाँकेको नेपालगन्जमा ुकुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङाु भव्य रूपमा सम्पन्न गरेको छ। चलचित्रको प्रचार(प्रसारलाई तीव्रता दिने उद्देश्यले आयोजित यस कार्यक्रममा हजारौँ दर्शकको उत्साहजनक उपस्थिति रहेको थियो। होटेल स्टार लाइटको प्राङ्गणमा आयोजित कन्सर्टमा चलचित्रका मुख्य कलाकारहरू अबिशेक खड्का र आकृति राजभण्डारी, निर्देशक दिनेश राउत, पार्श्व गायक केहर सिं लिम्बु र उनको ब्यान्डका सदस्यहरूले दर्शकलाई साङ्गीतिक माहौलमा झुमाएका थिए।

कार्यक्रममा गायक केहर सिं लिम्बुले चलचित्र ुकुमारीुका चर्चित गीतहरू ुडोको बुन्ने निगाली चोयालेु, ुकता छौ मेरो फूलु र ुतिमी बिनाु सँगै आफ्ना लोकप्रिय सिर्जनाहरू ुसररु र ुबैगुनीु प्रस्तुत गरे। विशेष गरी चलचित्रको बहुचर्चित गीत ुडोको बुन्नेु मा कलाकार द्वय अबिशेक र आकृतिले प्रत्यक्ष नृत्य प्रस्तुत गर्दा दर्शकको ठुलो साथ पाएका थिए। सोही अवसरमा निर्देशक दिनेश राउतले आफूले सधैँ दर्शकको चाहना र रुचिलाई ध्यानमा राखेर चलचित्र निर्देशन गर्ने गरेको बताउँदै ुकुमारीु एक उत्कृष्ट लभ स्टोरी चलचित्र बनाउने कोसिस गरेको बताए।

नेपालगन्जबाट सुरु भएको यो साङ्गीतिक यात्रा अब देशका अन्य सहरहरूमा पनि पुग्नेछ। निर्माण पक्षका अनुसार यो टोली माघ ३ गते पोखरा, ६ गते चितवन, १० गते काठमाडौं र १७ गते झापाको दमकमा प्रस्तुत हुनेछ। आगामी माघ १० गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने विशेष खुला कन्सर्टमा चलचित्रको आधिकारिक ट्रेलर समेत सार्वजनिक गरिने तयारी गरिएको छ।

ADVERTISEMENT

विनिश इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको र पिक्चर फ्रेमको सहकार्य रहेको यस चलचित्रका निर्माता महेन्द्र अधिकारी हुन् भने कार्यकारी निर्माताको रूपमा केदार भुसाल रहेका छन्। विकास सुवेदीको लेखन, सुसन प्रजापतिको छायाङ्कन, रहेको यस चलचित्रमा सुप्रिम पराजुलीको सम्पादन तथा कलर ग्रेडिङ, उत्तम न्यौपानेको साउन्ड डिजाइन र साहस शाक्यको ब्याकग्राउन्ड स्कोर रहेको छ। चलचित्रका सबै गीतमा केहरको स्वर रहेको छ भने सङ्गीत केहर एन्ड द लुङाका सदस्यहरूको र गीतकार सागर लामिछाने मगर र सुमन तामाङ रहेका छन्।

Previous Post

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

Next Post

मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन -२ अन्तर्गतको ट्यालेन्ट राउण्ड सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा  १८ जना  छनोट

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा १८ जना छनोट

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १९:१७ बजे प्रकाशित
0

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १७:३३ बजे प्रकाशित
0

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते ०९:४९ बजे प्रकाशित
0

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

by हंगामा खबर
२०८२ फाल्गुन २ गते २०:०३ बजे प्रकाशित
0

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

by हंगामा खबर
२०८२ माघ २८ गते १९:३८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist