प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ सम्पन्न भएकोछ । बिहान ७ बजेबाट सुरुभएको निर्वाचन अहिले ५ बजे सम्पन्न भएकोछ । आइतबार दिउँसो आम निर्वाचन पर्यवेक्षण समिति, नेपाल (जिओक) ले गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले निर्वाचन शान्तिपूर्ण रुपमा अघि बढेपनि मतदाताहरूको उपस्थिति कम पाएको बताए । चुनावभर कही कतै छिट पुट घटना बाहेक केही घटना भएनन । चुनाव गराउने क्रममा देशभरका ११ जिल्लामा गोली चलेको छ ।
११ वटा जिल्लाका २४ ठाउँमा सुरक्षाका लागी गोली चलाउनुपरेको प्रहरी प्रवक्ता (डीआइजी) टेकप्रसाद राईले जानकारी दिए । राईको अनुसार ताप्लेजुङ, रौतहटको गरुडा , चितवनको राप्ती नगरपालिका, कनकपुरमा र सिरहाको मिर्चैया बडहरमालामा प्रहरीले ३ राउन्ड गोली चलाएको छ । हुम्लाको देवकोटा आवासीय विद्यालय कुनापानीमा प्रहरीले १७ राउण्ड गोली चलाएको छ । त्यस्तै मान्धारा मावि भकुण्डामा पनि गोली चलेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौं लगायत तराईका जिल्लाहरू आज रातिदेखि नै मत गणना कार्य सुरु गरिने बताएका छन् । उनले आज साँझ ५ बजे मतदान कार्य सम्पन्न हुनासाथ सबै मतपेटिकाहरु संकलन गर्ने कार्य प्रारम्भ हुने र ७ बजेसम्म मतपेटिका संकलन गरी एक घण्टा छलफलको समय राखेर आज नै राति ९ बजेदेखि मतगणना कार्य प्रारम्भ हुने बताए ।