समानता टोल सुधार समिती धरान – ५ फोक्ल्याण्ड टापुद्वारा सरसफाइ कार्यक्रम सम्पन्न भएकोछ । तल्लो देउराली चौक देखी उत्तर अनिता टोल हाल समानता टोल नामकरण गरिएको मा यसैगरी तल्लो देउराली चौक देखी उत्तर तर्फकै एकता टोल र न्युरोडलाइन गरी तीन वटा लाइनमा मासिक रपमा गर्दै आएको सरसफाइ कार्यक्रम आयोजना गरिएको समानता टोल सुधार समितीकी अध्यक्ष पवित्र विश्वकर्माले जानकारी दिईन । धरान उपमहानगरपालिका वडा नम्बर ५ द्वारा गठित समितीले महिनाको पहिलो शनिबार टोलका सडक र आसपासमा मासिक रुपमा सरसफाइ कार्यक्रम आयोजना गर्दै आएको विश्वकर्माले जानकारी दिईन । यस टोलका सडक हरु सबै ग्राबिएल र ढलहरुहरु फोहोर र दुर्गान्धित बढ्डै गएपछी नेपालभरीनै डेङ्गुको संक्रमण बढ्दै गएकोले डेङ्गु बाट बच्नकोलागी पनि सडक र ढल सरसफाइ गरिएको विश्वकर्माको भनाइ छ ।
सरसफाइ कार्यक्रममा तीन ओटै टोल एकता टोल, न्युरोड टोल र समानता टोलका प्रत्येक घरबाट एक एक जना सदस्यहरुको उपस्थिती रहेको थियो । अब सडक र ढल सफाइ पछी चाडैनै डेङ्गु नियन्त्रण को लागी सडक आसपास र ढलमा फगिङ्ग गर्ने योजना राजना रहेको अधयक्ष विश्वकर्माले सुनाइन । हिउदो महिना सुरुभएकोले खासै फोहोर नभएपनी अब पाक्षिक्र रुपमा सडक तथा ढल सरसफाइ गरेर सडक कै पेटिमा डस्ट्बिन राख्ने योजना रहेको टोल बिकासका सचिब ले जानकारी दिएकाछन ।