धरानमा सम्पन्न २५ औ अन्तररास्ट्रीय आमन्त्रण बुढासुब्बा गोल्डकपको उपाधी न्युरोड टिम एनआरटीले चुमेको छ । शनिबार धरान १६ स्थित धरान रङ्गशाला सम्पन्न फाइनल खेलमा बुढासुब्बा गोल्डकपको पहिलोपटक फाइनलमा पुगेको चर्चव्वाइज युनाइटेडमाथी २-१ को साघुरो जीत निकाल्दै, लगातार दोस्रो पटक उपाधी चुमेको हो । बिजेता एनआरटीले नगद १० लाख प्राप्त गर्यो भने उप बिजेता बनेको चर्चब्वाइजले नगद ५ लाख प्राप्त गर्यो । यो सहित एन आरटी ले तेस्रो पटक बुढासुब्बा गोल्डकपको उपाधी चुमेको हो ।
यस अघी १० औ बुढासुब्बा गोल्डकप २०६४ मा उपाधी चुमेको थियो भने गत बर्षको २४ औ संस्करणको उपाधी २०८० मा पनि जितेको थियो । यता २५ औ संस्करण को उप विजेता बनेको चर्चब्वाइज भने पहिलो पटक फाइनलमा पुगेर पराजित भएको हो । उप विजेता बनेको चर्च ब्वाइजले उत्कृष्ट व्यक्तिगत बिधागत उपाधीमा भने बर्चस्व कायम गरेको छ । फाइनल खेलको म्यान अफ द म्याच एनआरटीका हेनरी पोको भए । उनले नगद १० हजार पुरस्कार र ट्रफी प्राप्त गरे ।
उप बिजेता बनेको चर्चब्वाइजले व्यक्तिगत बिधामा भने बर्चस्व कायम गरेको छ । हाइस्कोरको उपाधी चर्च ब्वाइजका खेलाडीद्वय समीर तामाङ र अर्माण्ड भिदोंगले पाए । उनीहरूले खेल अवधीभर समान ३ गोल गरेका थिए । उनीहरूलाई संयुक्त्त रुपमा नगद ३५ हजार पुरस्कार प्रदान गरिएको थियो । बेष्ट फरवार्ड चर्च ब्वाइजका समीर तामाङ, बेष्ट डिफेन्डर चर्च ब्वाइजका पदम भट्टराई, बेष्ट मीड फिल्डर चर्च ब्वाइजका रोहन कार्की घोषित भए । उनीहरूलाई जनही नगद २५ हजार पुरस्कार प्रदान गरिएको छ । त्यस्तै गरी प्रतियोगिताको बेष्ट गोल किपर एनआरटीका प्रमिजय गच्छदार, बेष्ट कोच एनआरटीका हरिओम श्रेष्ठ, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एनआरटीका शिशिर लेखी घोषित भए उनले नगद एक लाख पुरस्कार प्राप्त गरे ।
मंसिर यता चर्च ब्वाइज र एनआरटी क्लबले बुढासुब्बा गोल्डकप सहित तेस्रो पटक फाइनल खेलेका हुन । यि दुईटिम खेलेको झापा कप र फाल्गुनन्द गोल्डकप जितेको थियो। इलाम गोल्डकप र सिक्किमका गभर्नस गोल्डकपमा दोस्रो भएको थियो। ४ मध्ये २ वटा फाइनल चर्च ब्वाइज र एनआरटीले एक अर्कामा भिडेका थिए । ईलाममा एनआरटी बिजेता चर्च ब्वाइज उप बिजेता, झापामा चर्चब्वाइज बिजेता एनआरटी उप बिजेता र आज सम्पन्न भएको २५ औ बुढासुब्बा गोल्डकपमा एनआरटी बिजेता र चर्चब्वाइज उप बिजेता बनेका हुन ।
आज फाइनलखेलको औपचारिक समापन कार्यक्रममा नेपाली फुटबलमा योगदान गरेको भन्दै नेपालका पूर्व रास्ट्रीय खेलाडी, धरान फुटबल क्लबका निवर्तमान अध्यक्ष,एन्फाका मानार्थ उपाध्यक्ष,कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राई लाई नगद ५१ हजार सहित , बरिष्ठ पत्रकार हर्ष सुब्बालाई नगद ११ हजार र प्रमाणपत्र सहित पत्रकारिता पुरस्कार र खेल अवधीभर उत्कृष्ट समाचार सम्प्रेसण गरेको मा गोरखापत्र दैनिककी समाचारदाता निशा राई लाई नगद ११ हजार र प्रमाणपत्र सहित उत्कृष्ट पत्रकारिता पुरस्कार सहित सम्मान गरिएको थियो ।