Saturday, May 2, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

२५ औ बुढासुब्बा गोल्डकपको उपाधी एनआरटीलाई, व्यक्तिगत बिधामा चर्चब्वाइजको बर्चस्व

धरानमा सम्पन्न २५ औ अन्तररास्ट्रीय आमन्त्रण बुढासुब्बा गोल्डकपको उपाधी न्युरोड टिम एनआरटीले चुमेको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ माघ २६ गते २१:२७ बजे प्रकाशित
in FEATURE, Uncategorized, खेलकुद
0
२५ औ बुढासुब्बा गोल्डकपको उपाधी एनआरटीलाई, व्यक्तिगत बिधामा चर्चब्वाइजको बर्चस्व
92
SHARES
Share on FacebookShare on Twitter

धरानमा सम्पन्न २५ औ अन्तररास्ट्रीय आमन्त्रण बुढासुब्बा गोल्डकपको उपाधी न्युरोड टिम एनआरटीले चुमेको छ । शनिबार धरान १६ स्थित धरान रङ्गशाला सम्पन्न फाइनल खेलमा बुढासुब्बा गोल्डकपको पहिलोपटक फाइनलमा पुगेको चर्चव्वाइज युनाइटेडमाथी २-१ को साघुरो जीत निकाल्दै, लगातार दोस्रो पटक उपाधी चुमेको हो । बिजेता एनआरटीले नगद १० लाख प्राप्त गर्‍यो भने उप बिजेता बनेको चर्चब्वाइजले नगद ५ लाख प्राप्त गर्‍यो । यो सहित एन आरटी ले तेस्रो पटक बुढासुब्बा गोल्डकपको उपाधी चुमेको हो ।

यस अघी १० औ बुढासुब्बा गोल्डकप २०६४ मा उपाधी चुमेको थियो भने गत बर्षको २४ औ संस्करणको उपाधी २०८० मा पनि जितेको थियो । यता २५ औ संस्करण को उप विजेता बनेको चर्चब्वाइज भने पहिलो पटक फाइनलमा पुगेर पराजित भएको हो । उप विजेता बनेको चर्च ब्वाइजले उत्कृष्ट व्यक्तिगत बिधागत उपाधीमा भने बर्चस्व कायम गरेको छ । फाइनल खेलको म्यान अफ द म्याच एनआरटीका हेनरी पोको भए । उनले नगद १० हजार पुरस्कार र ट्रफी प्राप्त गरे ।

उप बिजेता बनेको चर्चब्वाइजले व्यक्तिगत बिधामा भने बर्चस्व कायम गरेको छ । हाइस्कोरको उपाधी चर्च ब्वाइजका खेलाडीद्वय समीर तामाङ र अर्माण्ड भिदोंगले पाए । उनीहरूले खेल अवधीभर समान ३ गोल गरेका थिए । उनीहरूलाई संयुक्त्त रुपमा नगद ३५ हजार पुरस्कार प्रदान गरिएको थियो । बेष्ट फरवार्ड चर्च ब्वाइजका समीर तामाङ, बेष्ट डिफेन्डर चर्च ब्वाइजका पदम भट्टराई, बेष्ट मीड फिल्डर चर्च ब्वाइजका रोहन कार्की घोषित भए । उनीहरूलाई जनही नगद २५ हजार पुरस्कार प्रदान गरिएको छ । त्यस्तै गरी प्रतियोगिताको बेष्ट गोल किपर एनआरटीका प्रमिजय गच्छदार, बेष्ट कोच एनआरटीका हरिओम श्रेष्ठ, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एनआरटीका शिशिर लेखी घोषित भए उनले नगद एक लाख पुरस्कार प्राप्त गरे ।

ADVERTISEMENT

मंसिर यता चर्च ब्वाइज र एनआरटी क्लबले बुढासुब्बा गोल्डकप सहित तेस्रो पटक फाइनल खेलेका हुन । यि दुईटिम खेलेको झापा कप र फाल्गुनन्द गोल्डकप जितेको थियो। इलाम गोल्डकप र सिक्किमका गभर्नस गोल्डकपमा दोस्रो भएको थियो। ४ मध्ये २ वटा फाइनल चर्च ब्वाइज र एनआरटीले एक अर्कामा भिडेका थिए । ईलाममा एनआरटी बिजेता चर्च ब्वाइज उप बिजेता, झापामा चर्चब्वाइज बिजेता एनआरटी उप बिजेता र आज सम्पन्न भएको २५ औ बुढासुब्बा गोल्डकपमा एनआरटी बिजेता र चर्चब्वाइज उप बिजेता बनेका हुन ।

आज फाइनलखेलको औपचारिक समापन कार्यक्रममा नेपाली फुटबलमा योगदान गरेको भन्दै नेपालका पूर्व रास्ट्रीय खेलाडी, धरान फुटबल क्लबका निवर्तमान अध्यक्ष,एन्फाका मानार्थ उपाध्यक्ष,कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राई लाई नगद ५१ हजार सहित , बरिष्ठ पत्रकार हर्ष सुब्बालाई नगद ११ हजार र प्रमाणपत्र सहित पत्रकारिता पुरस्कार र खेल अवधीभर उत्कृष्ट समाचार सम्प्रेसण गरेको मा गोरखापत्र दैनिककी समाचारदाता निशा राई लाई नगद ११ हजार र प्रमाणपत्र सहित उत्कृष्ट पत्रकारिता पुरस्कार सहित सम्मान गरिएको थियो ।

Previous Post

दोस्रो यलम्वर रनिङ कपको उपाधि झुनाज फिटनेस धरानले चुम्यो

Next Post

पाथीभरामा केवलकार निर्माण प्रकृयाले चाडै गति लिनेछ – मुख्यमन्त्री कार्की

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

by हंगामा खबर
२०८३ बैशाख १४ गते १२:४८ बजे प्रकाशित
0

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

by हंगामा खबर
२०८३ बैशाख १२ गते १८:०९ बजे प्रकाशित
0

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

by हंगामा खबर
२०८३ बैशाख १० गते १३:४९ बजे प्रकाशित
0

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

by हंगामा खबर
२०८३ बैशाख ९ गते ०९:२९ बजे प्रकाशित
0

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

by हंगामा खबर
२०८३ बैशाख ८ गते १५:४५ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद विश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

 

 

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist