याक्थुङ चलचित्रकर्मी संघको केन्द्रिय कार्यसमितीको अध्यक्षमा कलाकार तथा निर्माता नबिन मेन्याङ्बो पुन निर्वाचित भएका छन । संस्थापक अध्यक्ष समेत रहेका मेन्याङ्बो असार ३ गते धरानमा सम्पन्न राष्ट्रिय महाधिवेशनबाट पुन अध्यक्षमा निर्वाचित भएका हुन । मेन्याङ्बोको नेतृत्वमा तीन जना उपाध्यक्षहरु दिलु सुब्बा , सैलेन्द्र नाल्बो ,सागर अन्छइंबो रहेका छन भने सचिवमा उदय कुरुङ्बाङ,सह सचिव – प्रकास लिम्बु ,कोषाध्यक्ष तेज मेन्याइंबो, सह कोसाध्यक्ष – हरिहाङ तिगेला सहित जम्मा २७ जनाको कार्य समिति चयन भएको छ ।

संस्थाको विधान अनुसार पहिलो बैठक बसेर बरिष्ठ उपाध्यक्ष छनोट गरिने नव निर्वाचित अध्यक्ष नविन मेन्याङ्बोले जानकारी दिए । समितिलाई बरिष्ठ निर्देशक नविन सुब्बाले सपथ ग्रहण गराएका थिए । कार्यक्रममा बरिष्ठ निर्देशक सुरज सुब्बा नाल्बो, लगायतले सुभकामना मन्तव्य राखेका थिए । निर्वाचित अध्यक्ष २०५२ सालबाट रंगमञ्च हुँदै चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए । वि.सं. २०५२ सालमा थियटर साहाराको संस्थापक अध्यक्ष भएर रंगमञ्चमा प्रवेश गरेसँगै चलचित्र लेखान्त, क्याविन गर्ल, क्रस फायर, आँखिम, टिनएजर्स, प्रदर्शनको तयारी रहेको चलचित्र ‘हाङ्नाद’, टेलिसिरियल कर्मलगायत एक दर्जन भन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन ।

दुई दर्जन भन्दा बढी नाटक लेखन निर्देशान् र अभिनय गरीसकेका मेन्याङ्बो २०६७ मा “ टिनएजर्स “ चलचित्र बाट डाबर अवला फावन फिल्म फेस्टिवलमा बेष्ट एक्टर अवार्ड र नाटक ‘निर्दोसी उनी’ बाट सांस्कृतिक संस्थानबाट ‘उत्कष्ट अभिनेता’ को पुरस्कार जितेका थिए । मेन्याङ्बोले हाल सालै निर्माण गरेको सर्ट मुभि ‘द रेड मुन’ जर्मनमा एक अन्तररास्ट्रीय फिल्म फेस्टिवल मा शो हुने भएकोछ छ । ‘द रेड मुन’ ले फिल्म फेस्टिवल निफ मा बेस्ट सिनेमेट्रोग्राफी अवार्ड समेत जितिसकेकोछ ।







सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।