Thursday, January 22, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

हिमाली मावि धरान -५ मा बिधालय  भवन शिलान्यास

हंगामा खबर by हंगामा खबर
२०८० जेष्ठ ९ गते १३:१६ बजे प्रकाशित
in Uncategorized
0
हिमाली मावि धरान -५ मा बिधालय  भवन शिलान्यास
104
SHARES
Share on FacebookShare on Twitter

धरान उपमहानगरपालिका वडानम्बर ५ देउराली स्थित श्री हिमाली माद्यामिक बिधालयमा ४ कोठे भवनको शिलान्यास भएको छ । मङ्गलबार धरान उपमहानगरपालिकाका उप प्रमुख अईन्द्र बिक्रम बेघाको प्रमुख आतिथ्यतामा ४ कोठे भवनको शिलान्यास गरिएको हो । बिधालय प्राङगणको दस्खिण तर्फको खाली जग्गामा उत्तर फर्काएर भवन निर्माणको लागी भवन् शिलान्यास गरिएको हो । शिलान्यास वडा नम्बर ५ का वडाध्यक्ष मनप्रशाद लिम्बु , विधालय ब्यबस्थापना समितीका अध्यक्ष दिपक घिसिङ र बिधालय शिक्षक अबिभावक संघका अध्यक्ष मिसेक लिम्बु , वडा सदस्य बिजय राई लगायत बिधालय व्यवस्थापना सदस्यहरुको उपस्थितीमा शिलान्यास भएको हो । धरानका सरकारी बिधालयहरु मध्येमा पहिलोपटक अङ्रग्रेजी माध्यमबाटपनी पठन पाठन सुरु गरेको यस बिधालयमा हाल साँढे आठ सय बिधार्थीहरु अध्ययनरत रहेको बिधालयका प्रधानध्यापक यमकुमार खत्रीले जानकारी दिए ।

बिधार्थीहरुको संख्याअनुसार आबश्यक भवन नभएको कारण राष्ट्रपती शिक्षा योजना अन्तर्गत ४५ लाख बजेट र उपमहानगरपालिकाको ३० लाख बजेटबाट ४ कोठे भवन निर्माण सुरु गरिएको खत्रीले जानकारी दिए । खत्रीले उपमहानगरकै वडामा भएपनी दुर्गम एरियाको जस्तो भएर बिधालय संचालन गरिरहनु परेको सुनाउदै स्थानिय सरकारले बेवास्ता गरेको गुनासो गरे । बिधार्थीहरुको संख्या अनुसारको आवश्यक शिक्षक दरवन्दी नभएपनी स्थानिय स्रोत साधनबाटै भएपनी SEE मा राम्रो नतिजा ल्याउन सकेको खत्रीले सुनाए । स्थानिय सरकार र सरोकारवालाहरुले ध्यान दिए बिधालायलाई एक नमुना बिधालय बनाउने लक्ष्य रहेको खत्रीको भनाइ थियो ।

यसैगरी शिलान्यास कार्यक्रममा प्रमुख अतिथी तथा धरान उपमहानगरपालिकाका उप प्रमुख अईन्द्र बिक्रम बेघाले भवन बिधालयको भविस्य सँग बिधालयको भबिस्य राष्ट्रको भबिस्य सँग जोडीएको र बिधालयमा उत्पादन हुने बिधार्थीहरु राष्ट्रको भविश्य सँग जोडीएकोले हामीले स्थानिय स्तरबाट खेल्नु पर्ने भूमिका खेलेर भवन निर्माण सम्पन्न गर्न लागिपर्ने प्रतिबद्दत्ता जनाए । कार्यक्रममा अर्का अतिथी वडा नम्बर ५ का वडा अध्यक्ष मन्प्रशाद लिम्बुले बिधालय भवनको लागी धेरै ठाउमा पहल गरेपनी अहिले तत्काल आवश्यक परेकोले निर्माण सुरु गरेको बताए । वडामा आफुहरु निर्वाचित भएर आएपछी पहिलो कामनै यस बिधालयको भवन् निर्माणको लागी पहिलो मिटिङबाटनै गोरखा वेलफेयरमा ८ कोठे भवनको लागी प्रस्ताव् गर्दा उहाहरु आँफै आएर अनुगमन गरी १६ कोठे आवश्यक रहेको भन्दै केही बर्ष पर्खन लगाएको बताए । ४ कोठे भएचाही तत्काल बनाउन सक्ने बताए पनि हिमाली माविलाई +२ बनाउने योजना रहेकोले गोरखा वेल्फेयरको निर्णयलाई कुरेको लिम्बुले बताए ।

ADVERTISEMENT

हाल आवश्यक रहेकोले राष्ट्रपती शिक्षा योजना अनुसार माग गरेको भवन् सुरुवात गरिएको बताए । यो भवन् सम्पन्न गर्नलाई वडाको प्राबिधिक खटाएर पनि गुणस्तरीय रुपमा चाडै निर्माण गरिने बताए । साथै शिक्षामन्त्रीलाई पनि भवन र शिक्षक दरवन्दीको लागी पनि पहल गरिएको लिम्बुले बताए । बिधालय व्यबस्थापन अध्यक्ष दिपक घिसिङले नगरपालिकाको इटेन्डर मार्फत भएकोले पनि समयमै सम्पन्न गर्न दिनरात लागि पर्ने बताए । यो बिधालयलाई एक नमुना बिधालय बनाउने लक्ष्यका साथ बिधालय व्यबस्थापना समिती लागिपरेको बताए । यसै गरी शिक्षक अभिभावक संघका अध्यक्ष मिकेस लिम्बुले आफ्नो जिम्मेवारी शिक्षक अबिभावक बिचको सम्बन्ध बिस्तारमा लागिपर्ने भएपनी आफु पनि यो भवनलाई समयमा सम्पन्न गर्न लागि पर्ने बताए ।

Previous Post

चलचित्र पत्रकार संघ सुनसरीले ३ दिने वर्कशप गर्ने

Next Post

फरार अभियुक्त्त १ बर्षपछी पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

२६ औ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको खेलतालिका सार्वजनिक

२६ औ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको खेलतालिका सार्वजनिक

by हंगामा खबर
२०८२ माघ ७ गते १९:२३ बजे प्रकाशित
0

‘कुमारी’को कन्सर्टमा करिब ७ हजार पोखरेली दर्शकहरुको मायाले मख्ख निर्देशक राउत

‘कुमारी’को कन्सर्टमा करिब ७ हजार पोखरेली दर्शकहरुको मायाले मख्ख निर्देशक राउत

by हंगामा खबर
२०८२ माघ ५ गते १७:४३ बजे प्रकाशित
0

फागुन १ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘शिवांश’ को गीत सार्वजनिक

फागुन १ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘शिवांश’ को गीत सार्वजनिक

by हंगामा खबर
२०८२ माघ ४ गते २२:१८ बजे प्रकाशित
0

मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन -२ अन्तर्गतको ट्यालेन्ट राउण्ड सम्पन्न

मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन -२ अन्तर्गतको ट्यालेन्ट राउण्ड सम्पन्न

by हंगामा खबर
२०८२ माघ ३ गते १७:३३ बजे प्रकाशित
0

चलचित्र ‘कुमारी’ को नेपालगन्जमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट सम्पन्न

चलचित्र ‘कुमारी’ को नेपालगन्जमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट सम्पन्न

by हंगामा खबर
२०८२ माघ ३ गते १७:१९ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist