आज शनिबार दिउँसो माइतीघर मण्डलामा नेपाल क्रिकेट संघ क्यानबिरुद्ध प्रदर्शन भएको छ । बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टोलीमा फर्काइएको भन्दै विरोध प्रदर्शन भएको हो । मङ्गलबारको बैठकले सन्दीपमाथिको निलम्वन फुकुवा गरेपछी शुक्रबारबाट नियमित अभ्यासमा बोलाइएको हो । क्यान मुर्दाबाद , can कि cannot लेखिएको प्ले कार्ड बोकेर उनिहरुले बिरोध प्रदर्शन गरेकाहुन ।