युकेमा रहेको बिभिन्न संस्थाहरु रावाखोला सेरोफेरो युके, किरात साम्पाङ राई जुम्लेखा युके र रिदम फण्डस् युकेको आर्थिक सहयोगमा धरान २० स्थित पकुवा खोलामा ड्याम (बाँध) र पानी सुद्ध बनाउन फिल्टर निर्माण कार्य सुरु भएकोछ । पकुवा खोलामा ड्याम (बाँध) र पानी सुद्ध बनाउनको लागी फिल्टर निर्माण गरिएको हो । कुल २० लाख रुपैया लगानीमा बाँध र फिल्टर निर्माण भइरहेको छ् जसमा १६ लाख फिल्टरको लागत हो भने ४ लाख बाँध निर्माणमा खर्च हुने बताइएको छ । बाँध निर्माण भएपछि पानी अझै थपिने र राहत पुग्ने मेयर हर्क साम्पाङले जानकारी दिए ।