नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अब जनताको घर घर पुग्ने भएकाछन । गत बुधबारबाट सुरु भएको माओवादी बैठक पाँच दिन चलेर आइतबार सम्पन्न भएसङै अध्यक्ष प्रचण्डले ७५३ वटै पालिकाको वडामा गएर काम गर्न केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएका छन् । निर्देशन संगै आफु स्वयम पनि हरेक वडाका जनताको घर घरमा जाने घोषणा गरेका हुन । बैठकको समापन संगै पार्टीले तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ घोषणा गरेको छ ।
आज घोषणा भएको अभियानमा अध्यक्ष प्रचण्डदेखि सबै केन्द्रीय सदस्यहरु वडावडामा पुगेर जनतासँग जोडिने छन् ।‘प्रचण्ड’ले पाँच दिनसम्म चलेको बैठक सोचेको भन्दा सजीव र जीवन्त रुपले सम्पन्न भएकोमा आफूलाई खुसी लागेको बताए । बैठकको समापन गर्दै अध्यक्ष प्रचण्डले बैठकले पार्टीभित्रका विभिन्न प्रश्न, अन्योल, आशंका र नेतृत्वबीचका अन्तरमा खुलेर छलफल गर्ने काम भएको भन्दै जनवादको उच्चतम थलोका रुपमा बैठक रुपान्तरण भएको पनि बताएका छन ।