सुन्दर देखिन सबैलाई मन पर्छ । पुरुषको तुलनामा महिलाहरु बढी शौखिन र आफ्नो सुन्दरता प्रती बढी सजक रहन्छन । महिलाहरु आफुलाई धेरै श्रृङगार गर्न रुचाउछन । यही रुची राख्ने महिलाहरुमा नेपाली महिलाहरुपनी अग्रपङ्तीमा देखिएकाछन । नेपाली नारीहरुले एकबर्ष भित्र ‘नेल पोलिस’को आयातमा मात्रै पाँच करोड २७ लाख १८ हजार बाहिरिएको छ। त्यस्तै फेसक्रिम आयतमा ७८ करोड पाँच लाख ८१ हजार बिदेसिएको छ।
त्यस्तै आर्थिक वर्ष २०७९/८० मा ४६ करोड नौ लाख ८९ हजार मूल्य बराबरको ‘बडी लोसन’ आयात भएको छ। यसबाट सरकारले २३ करोड चार लाख ८३ हजार राजस्व सङ्कलन गरेको छ। यसैगरी पछिल्लो एक वर्षमा मुलुकमा एक करोड पाँच लाख ६५ हजारको सिन्दूर आयात भएको छ। गत आवमा सिन्दूर भारत र इन्डोनेसियाबाट आयात भएको छ। विभागका अनुसार गत आवमा तीन अर्बभन्दा बढीको कपाल स्याहारका वस्तु आयात भएका छन्। कपालको स्याहारमा प्रयोग हुने स्याम्पु, तेल, क्रिम, रङलगायत वस्तु आयातमा उक्त धनराशि खर्च भएको हो।