मङ्सिर ४ गते सम्पन्न निर्वाचनको प्रतिनिधि सभा तर्फ १६५ निर्वाचन क्षेत्रमध्ये ६२ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । नतिजा अनुसार नेपाली कांग्रेसले २५ स्थानमा जित निकालेर पहिलो , नेकपा एमालेले १४ स्थानमा जीत निकालेर दोस्रो , नेकपा माओवादी ६ स्थानमा जीत निकालेर तेस्रो , नेकपा एस ५ स्थानमा जीत निकालेर चौथो र स्वतन्त्र पार्टी ४ स्थानमा जीत निकालेर पाचौ स्थानमा रहेकोछ ।
यस्तै राप्रपाले २ स्थानमा जित निकाल्दा जनता समाजवादी पार्टीले १, नागरिक उन्मुक्ति पार्टीले १, लोकतान्त्रिक समाजवादी पार्टीले १ र अन्यले ३ स्थानमा जित निकालेका छन् ।नेपाली कांग्रेसले ३३ स्थानमा अग्रता कायम गरेको छ भने नेकपा एमालेले २८ स्थानमा अग्रता बनाएको छ ।माओवादी केन्द्रले १२,राष्ट्रिय स्वतन्त्र पार्टीले ५, एकीकृत समाजवादीले ५, राप्रपाले ३, जसपाले ४, नाउपा १, लोसपा २ र अन्यले ७ स्थानमा अग्रता बनाएका छन् ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।