फिफा विश्वकप अन्तर्गत समूह ‘ई’ को आफ्नो खेलमा स्पेनले कोस्टारिकामाथि गोलको वर्षा गरेको छ । अधिकांश खेलाडी बार्सिलोनाका रहेको स्पेन टिमले पहिलो खेलमा राम्रो प्रदर्शन गरेकोछ । अल थुमामा स्टेडियममा बुधबार राति भएको खेलमा स्पेनले कोस्टारिकालाई ७-० गोलले हरायो ।एकपक्षीय खेलमा स्पेनलाई जिताउन फेरान टोरेसले दुई गोल गर्नुभयो । गाभी, ड्यानी ओल्मो, अल्भारो मोराटा, कार्लोस सोलेर र मार्को असेन्सियोले एक एक गोल गरेका थिए । पहिलो जितसँगै स्पेन समूहको शीर्षस्थानमा छ । जापानको पनि तीन नै अङ्क छ । बुधबार साँझ भएको खेलमा जापानले जमर्नलाई २-१ गोलले हराएको थियो ।