मोरङको बिराटनगर महानगरपालिका-१५ ढाट स्थितबाट प्रतिबन्धित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ ६ बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री धरान उप-महानगरपालिका- ८ का २९ बर्षीय बुद्ध श्रेष्ठ र २३ बर्षीय राकेश प्रधानलाई शंकास्पद अवस्थामा फेला पारि चेकजाँच गर्दा उनिहरुको साथबाट लुपिजेसीक, फेनारागन, एभिल र डाइजेपाम गरी जम्मा ८४ एम्पुल प्रतिबन्धित औषधी बरामद गरेको हो ।
लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएकोछ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।