काँकडभिट्टाबाट धरान आउँदै गरेको बस अनियन्त्रित पल्टिदा १३ जना घाइते भएका छन एकजनाको अवस्था गम्भीर रहेको छ । मे १ ख २७४० नम्बरको ग्यालेक्सी यातायात नाम गरेको बस इटहरी २० तरहरा नजिक हम्प्समा सडक बिचको डिभाइडरमा ठोक्किएर पल्टिएको प्रहरीले जनाएकोछ । घाइतेको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक भीम खड्काले जानकारी दिए । बसका चालक र सह चालक फरार छन ।
Photo : Prakash Timsina