पछील्लो समय धरानमा डेङ्गुका बिरामीहरु बढ्दै गएपछी एक पछी अर्को गर्दै डेङ्गु उपचार शिविर थप गरिन थालिएकोछ । यस अघी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राङ्गण , धरान ८ स्थित सभा गृह ,परिसर, छाताचोक स्थीत पुरानो अस्पातल , धरान १३ को स्वास्थ्य चौकी, धरान १४ मा डेङ्गु उपचार शिविर सुरु भैसकेको छ । यती शिबिरमा मात्र बिरामीहरुको उपचार गर्न हम्मे हम्मे भएपछी सुनसरी उद्योग वाणिज्य संघको मिलेनियम सभा हलमा पनि डेङ्गु उपचार केन्द्र शिविर आज मंगलबार बाट सुरु भएको छ । शिविर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान उपमहानगरपालिका र केएचडिसी संस्थाको सहयोगमा स्थापना गरिएको हो ।
शिविरमा आउने डेङ्गुका बिरामीहरूको अवस्थालाई स्वास्थ्यकर्मीबाट तिन श्रेणीमा वर्गीकरण गरिने बिपी प्रतिष्ठानका शिक्षाध्यक्ष प्राध्यापक डा.सञ्जीव शर्माले जानकारी दिए । उक्त निःशुल्क शिविर धरानमा डेङ्गु महामारी पूर्ण रूपमा नियन्त्रणमा नआए सम्म सञ्चालन गरिने सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष बिजय श्रेष्ठ जानकारी दिए ।शिक्षाध्यक्ष प्राध्यापक डा.सञ्जीव शर्माले आज साँझ शिविर सञ्चालनका लागि खटिने स्वास्थ्य स्वयं सेविका, केएचडिसीका स्वास्थ्यकर्मी, सरोकावारवाला संस्थाका प्रतिनिधिहरूका बिच शिविर सञ्चालनको पद्धति, प्रक्रियाका बारेमा अनुशिक्षण दिएका छन् ।
शिविरमा आउने डेङ्गुका बिरामीहरूको अवस्थालाई स्वास्थ्यकर्मीबाट तिन श्रेणीमा वर्गीकरण गरिने डा.शर्माले बताए । बिरामीको अवस्था गम्भीर देखिए तत्काल शिविरबाट बिपी प्रतिष्ठानको इमरजेन्सीमा रिफर गर्ने प्रबन्ध मिलाइएको छ ।डेङ्गु मध्यम अवस्थामा रहेका बिरामीलाई प्रारम्भिक उपचार गरी प्रतिष्ठान स्थित डेङ्गु अस्पताल पठाइने व्यवस्था गरिएको छ । डेङ्गुका प्रारम्भिक अवस्थाका बिरामीहरूलाई शिविरमा राखेर उपचार गरिने व्यवस्था गरिएको छ ।शिविरका लागी वडा नम्बर १,२,२,७,९,१२ र १६ ले सहकार्य गरेकाछन ।