धरानका एक सुनचादी व्यवसायीद्वारा धरानको मुख्य चौक भानुचौकमै आतमदहको प्रयास भएको छ । धरान ३ स्थित माछाभौडीमा रहेको जयन्ती स्टोरका संचालक यौवन खड्गीले आत्मदाहको प्रयास गरेका ३ नम्बर वडाका वडाध्यक्ष विद्या शाक्यले जानकारी दिए । उनको प्रयासलाई बिफल बनाउदै उनलाई ईलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएर अहिले त्यही राखेको छ । शाक्यका अनुसार लेनदेनको विषयलाई लिएर आफूलाई केही व्यक्तिहरूले तनाव दिएको भन्दै खडगीले आत्मदाहाको प्रयास गरेका हुन ।