धरानमा रहेको होटल सन्ध्या इन थप सेवा सुबिधा सहित धरानकै नयाँ ठाउमा पुन संचालनमा आएको छ । धरान १२ बुद्ध मार्गमा सन्चालनमा आइरहेको होटल हाल धरान ८ बारागाछीमा पुन संचालनमा आएको हो । होटलको शुभराम्भ कोशी प्रदेशका सांसद रमेश बस्नेत र बिजय कुमार राई ले संयुक्त रुपमा गरेका हुन । करिब ६ महिनाअघि बन्द भएको होटल सन्ध्या इन डेढ करोड बढी लगानीमा पुनः सञ्चालनमा आएको सञ्चालक रविन्द्र अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार अहिले होटलमा सेमिनार हल, बैठक कक्ष, पार्किङ सुविधासहित होटल र लजको व्यवस्था छ । सेमिनार हलको क्षमता डेढ सय जनाको रहेको पनि उनले जानकारी दिए । लजमा १६ वटा कोठामा ४३ जनाको क्षमता रहेको पनि अधिकारीले बताए । ‘लगानी डेढ करोड बढीसकेको छ, अझै केही लगानी बढाउनुपर्ने छ,’उनले भने,‘सुपर डिलक्स, डिलक्ससहितको कोठाहरु छन् ।’ होटल उद्वाटन पछि शुभकामना दिदै सांसद विजय राईले धरानमा स्तरीय होटेल अभाव रहेको अवस्थामा होटेल व्यवसाय व्यवस्थित नहुँदा पर्यटक भित्र्याउन समस्या भैरहेको बेला सन्ध्या इन ले टेवा पुर्याउने विश्वाश व्यक्त गरे । उनले हरेक होटलको ‘गुणस्तरीय सुविधा र सेवाबाट मात्र धरानका होटलहरुको प्रचार पर्यटकहरूबाट बाहिर सम्म पुग्ने बताए ।
प्रदेश सांसद रमेश बस्नेतले धरानमा सुविधा सम्पन्न पर्यटक स्तरीय होटेलको कमी भएकै कारण धरान भेडेटार घुम्न आउने पर्यटक इटहरी बिराटनगर गएर बास बस्ने गरेको सुनाए । उनले धरानमा सहुलियत मुल्यमा राम्रो सेवा सुविधा दिने होटल अब बेला होटेल सन्ध्या इन बन्ने आशा व्यक्त गरे । धरानमा स्थानीय सरकारको पहल, पर्यटन एवं होटेल व्यवसायीहरूको लगानीमा अझ सुविधा सम्पन्न होटलहरु खोलिन आवश्यक रहेको बस्नेतको जोड थियो । धरान धार्मिक,शैक्षिक र स्वास्थ्योपचारको केन्द्रको रूपमा रहेकाले पर्यटनको प्रचुर सम्भावना भएकोले होटल व्यवसायीहरुले पर्यटकहरुको सुविधालाई ध्यानमा राखेर अघी बढ्न सुझाव दिए ।