बिगत केही समयदेखी कारोबार बन्द रहदै आएको धरान स्थित बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेड संचालनमा आउने भएको छ । सोमबार बराह बचत तथा ऋण सहकारी संस्था लि १२ औ साधारणसभाको अवसरमा धरान ८ मा रहेको बराह बचत तथा ऋण सहकारी संस्थाकै हलमा बराह सञ्चालनका लागि बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेड र बराह पीडित संघर्ष समितिबीच १८ बुँदे सहमति भए सङ्गै अब संचालनमा आउने भएको हो ।
असहज परिस्थितिलाई मध्यनजर गरी बराहलाई सहज रुपमा सञ्चालन गर्न दिने निर्णय भएको संर्घष समितिका अध्यक्ष श्याम प्रसाद ढकालले जानकारी दिए । सहमतीमा बराहले सम्पूर्ण शेयर सदस्य, बचतकर्ताहरुको रकम फिर्ता गर्न नसकेको स्विकार गरेकोछ । बिबिध प्राविधिक कारण देखाउदै बन्द रहेको बराह सहकारीलाई सहज वातावरण बनाइदिएर एक पटक मौका दिन बराह सञ्चालक समितिका पदाधिकारीहरुले अनुरोध गरेका थिए ।सोही अनुरोधलाई स्वीकार गर्दै बराह पीडित संघर्ष समिति, शेयर सदस्य तथा बचतकर्ताहरुले १८ बुदे सहमति गरी सञ्चालन गर्न दिने सहमति भएको हो । बराहका अध्यक्ष मानबहादुर दियालीको अध्यक्षमा सम्पन्न कार्यक्रममा धरान उपमहानगरपालिका वडा नं. २ का वडाध्यक्ष रमेश राई प्रमुख प्रमुख अतिथी रहेका थिए ।