नेपाल प्रहरी स्कुल धरानमा स्वास्थ्य शिविर सम्पन्न भएकोछ । स्वास्थ्य शिविरबाट विद्यार्थी तथा स्कुलमा कार्यरत कर्मचारीहरु समेत गरी जम्मा ४५० जना लाभान्वित भएका छन । नेपाल प्रहरी स्कुल धरानको आयोजना र कोशी प्रदेश प्रहरी अस्पतालको बिशेष सहयोगमा शिबिर सम्पन्न भएको हो । अस्पतालका प्रमुख प्रा.प्र.ना.उ. डा. सरोज सिंहको कमाण्डमा प्रा.प्र.नि. डा. श्रीबिन्दु शर्मा (हाल BPKIHS मा अध्यनरत), प्रा.प्र.नि. डा. सागर पन्त ,प्यारामेडिक्स तथा अन्य प्रहरी कर्मचारीको उपस्थितीमा शिविर सम्पन्न भएको स्कुलका प्रिन्सिपल डिकेन्द्र रायमाझीले जानकारी दिए ।
रायमाझीका अनुसार स्कुलको छात्राबासमा रहि अध्ययनरत बिद्यार्थी, छात्राबास भन्दा बाहिर बस्ने बिद्यार्थी तथा स्कुलमा कार्यरत शिक्षक शिक्षीका तथा अन्य कर्मचारीहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । शिविरमा उनिहरुको (Height, Weight, Distance Vision, Color Blindness, Blood Grouping, General Checkup/ENT) DENTAL अन्तर्गत (दन्त परिक्षण तथा परामर्श तथा Teeth Extractions) फार्मेसी अन्तर्गत (Vitamin A Capsule तथा जुकाको औषधी खुवाउने तथा अन्य औषधी वितरण) गरिएको थियो ।