धरान १५ स्थित सेउती बगरमा करिब ४३ लाख लागतमा ७५००० हजार लिटर क्षमता भएको रिजर्ब ट्यांकी र फिल्टर निर्माण हुने भएकोछ । हर्क साम्पाङ सपोर्टर कमिटी युकेको रु ३० लाख २३ हजार , धरान उपमहानगरपालिका , श्रमदान स्थानीय ,व्यवसायीहरुको सहयोगमा निर्माणको हुन लागेको गोरखा वेल्फेयर धरानका प्रमुख पुर्ण लिम्बुले जानकारी दिए । ट्यांकीको शिलान्यास मेयर हर्क साम्पाङ र सपोर्ट कमिटी युकेका सहसंयोजक प्रेम लिम्बुले गरेका छन् । ट्यांकी तीन महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। शिलान्यास पछी मेयर साम्पाङले सरकारको बजेटबाट मात्र विकास सम्भव नभएकोले श्रमदानको अभियान शुरुवात गरिएको यो अभियानमा सबैबाट सहयोग प्राप्त भइरहेको भन्दै धन्यवाद दिए । ट्यांकी निर्माण सम्पन्न पछी धरान १५ का जनतालाई खानेपानीमा धेरै सहज हुने मेयर साम्पाङले बताए ।







सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।