सुनसरीको इनरुवा स्थित इनरुवा अस्पातालका ८ जना मेडिकल अधिकृतहरुले सामुहिक रजिनामा दिएका छन । चिकित्सकहरूलाई मानसिक तनाव दिने तथा गाली गलौज गर्ने र धम्काउने व्यक्तिलाई मेडिकल सुपरिटेन्डेन्टले नै मौन समर्थन गरेको भन्दै उनीहरुले शुक्रवार समूहिक राजीनामा दिएका हुन् ।सामूहिक राजीनामा बुझाउनेमा चिकित्सकहरूमा डाक्टर महेशकुमार शाह, डा. रतिकुमार यादव, डा. आशिष देव, डा. अभिषेककुमार सिंह, डा. श्रेया पंगेनी, डा. कृतिका हमाल, डा. दीपेन्द्र मेहता र डा. वीरेन्द्र मण्डल रहेकाछन ।







सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।