भारतको सिक्किम राज्यका नेपाली भाषीहरु भारतको सर्वोच्च अदालत बिरुद्द आन्दोलनमा उत्रिएका छन । सिक्किममा रहेका नेपाली भाषीलाई सर्वोच्च अदालतले ‘विदेशी’ भनेको भन्दै सिक्किम राज्यको बिपक्षी दल सिक्किम डेमोक्रेटिक फ्रन्ट ( SDF ) का नेता तथा पुर्व मुख्य मन्त्री पवन चाम्लिङको नेत्रित्वमा आन्दोलन सुरु भएको हो । अदालतले नेपाली भाषीलाई ‘बिदेशी’भनेको भन्दै सो आदेश त्रुटी सच्चाउन माग गर्दै विपक्षी दल सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) ले शनिबारदेखि ४८ घन्टे हड्ताल आह्वानसमेत गरेको छ ।