खोटाङ हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी १७ वर्षीया रञ्जिता दाहाल साेमवार बिहान घर नजिकै खन्युको फेदमा मृत फेला परेकिछिन ।महेन्द्रोदय मावि हलेसीमा कक्षा १० मा अध्ययनरत दाहाल विद्यालयबाट घर फर्कने क्रममा आइतवार दिउँसो घर फर्कने क्रममा सम्पर्कविहीन भएकी थिइन । बालिकाको शव खन्युको फेदमा पासो चुँडिएर खसेकोजस्तो अवस्थामा भेटिएकाे खाेटाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) मञ्जिल मुकारुङले बताए । शवको पोस्टमार्टमपछि बालिकालाई ‘हत्या गरेर झुन्ड्याइएकाेजस्तो बनाउन खोजिएको वा आफैँ झुन्डिएको’ विषय खुल्ने प्रहरीले जनाएको छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।