धरान ११ स्थित मितेरी स्पोर्टस सेन्टरले धरान र आसपासका सडकमा सयौ बढी कन्भेक्स मिरर राखेकोछ । विगत देखि नै सडक दुर्घटना न्युनिकरणको लागी कन्भेक्स मिरर विभिन्न स्थानमा राख्दै आएको मितेरी स्पोर्ट्स सेन्टरले धरान देखि भेडेटारसम्म पनि मिरर राखेको छ ।
कोशी राजमार्ग अन्तर्गत धरान भेडेटार सडकखण्डको घुम्तीहरुमा आफ्नै खर्चमा कन्भेक्स मिरर राखिएको स्पोर्ट्स सेन्टरका सञ्चालक लुकेन्द्र राईले जानकारी दिए । पुर्व सिंगापुर प्रहरीबाट अवकास आएका राइ समाजमा केही आफ्नो तर्फबाट योगदान होस भन्ने हेतुले यस्ता कार्य गर्दै आएको बताएकाछन् । उनले युवाहरुको खेल विकासको लागी आफ्नै व्यक्तिगत लगानीमा वार्षिक खेलकुद विभिन्न कार्यक्रम पनि गर्दै आएका छन ।
सचेत धराने समुहको सहकार्यमा धरान भेडेटार सडक खण्डमा पर्ने २१ वटा घुम्तीहरुमा उक्त मिररहरु राखिएको छ । नेपालमा प्राय सडक दुर्घटना यस्तै घुम्तीहरुमा पनि हुने देखिएकोले यो किसीमको दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले मिरर राखिएको सञ्चालक राईको भनाई छ । शुक्रबार र शनिबार गरी २ दिनमा उक्त मिरर राख्ने कार्य सम्पन्न भए पनि आइतबार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले औपचारिक रुपमा उद्घाटन गरेका थिए ।