१ नं. प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा भुकम्प सुरक्षा सम्बन्धी कृतिम घटना अभ्यास कार्यक्रम गरिएको छ ।
आज बिहान ९ बजे विराटनगर २ स्थितमा रहेको खालि स्थानमा भएको सो कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीद्धारा भुकम्प सुरक्षा सम्बन्धी कृतिम घटना अभ्यास गरिएको हो ।
भुकम्प दिवसको अबसरमा गरिएको उक्त कार्यक्रममा १ नं. प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव उमेश बस्नेतबाट अभ्यास तथा विपदका सामाग्रीहरु अवलोकन गर्नु भएको थियो ।मानवको वहसमा नभएको प्रकोप जुनसुकै बेला पनि हुनसक्ने हुनाले यसले पुर्याउने क्षेतीलाई न्युनिकरण गर्नका लागी गरिएको अभ्यासमा महानगर प्रहरी विराटनगर र रेडक्रस समेतको उपस्थिती रहेको थियो ।