झापाको कन्काई नगरपालिका-८ स्थित पुर्व पश्चिम लोकमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका-१ का २२ बर्षीय ओमप्रकाश राउत रहेका छन् । आज बिहान ६ बजे ना. ३ ख २९०४ नम्बरको ट्रकले प्रदेश १ -०१-०१३ प ४०५२ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका राउतको उपचारको क्रममा बिएण्डसि अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।घटनामा संलग्न ट्रक चालक मोरङ पथरी शनिश्चरेका पर्सुराम थापालाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएकोछ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।