यही पौष २९ गते रिलिज को तयारी रहेको माया, प्रेम र बदलाको कथा बोल्ने चलचित्र ‘तिम्रो मेरो साथ’ को डान्सिङ्ग बिटल्प गीत रिलिज भएकोछ । रिलिज गीतमा मुख्य नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई बोल्दा अवतारमा देखाइएकोछ । ‘जोश छ जवानी’ बोलको गीतले बलिवुडका गीतको झल्को दिन्छ । योगेशकाजी शाह र सारिका घिमिरेको स्वर रहेको गीतमा रमेश एमके पौडेलको शब्द, योगेशकै संगीत छ ।यो गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् भने शिव ढकालले खिचेका हुन् । गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का र सन्दीप क्षेत्रीलाई फिचरिङ गरिएको छ ।
साम्राज्ञीले यो भिडियोमा बोल्ड डान्स मात्र गरेकी छैनन्, आफ्नो उत्कृष्ट डान्स पनि देखाएकी छिन् ।
चर्चित निर्देशक सबिर श्रेष्ठ र बाबुराम निरौलाले मिलेर लेखेको ‘तिम्रो मेरो साथ’ लाई रमेश एमके पौडेलले निर्देशन गरेकाछन । रमेशको यो डेव्यु निर्देशन हो । बोधी एचडी को अफिशियल युट्युब च्यानलबाट रिलिज भएको टिजर एक मिनेट ३० लामो टिजरले फिल्मको बारेमा कौतुहल्ता भने जगाएकोछ । रिलिज टिजरमा माया प्रेम अनी बदलाको कुरालाई निर्देशक पौडेलले गज्जब ले प्रस्तुत गरेकाछन ।आर्यन फिल्मस् र बोधी एचडिको ब्यानरमा निर्माण भएको सिनेमामा पासाङ लामाको निर्माण , पौडेल स्वंयमको कथा, गीत र लगानी र सबिर श्रेष्ठ कार्यकारी निर्माता रहेकाछन । निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल तथा सुधिर पराजुली सह(निर्माताका) रहेकाछन । फिल्म यस अघी रिलिज गीत रुमालै बाटौला लाई दर्शकले रुचाएकाछन ।