प्राय सिनेमामा मात्र देखीने एक भयानक अनी वास्तबिक घटना सुर्खेतमा घटेकोछ । सुर्खेतमा युवकले पत्नीको वीभत्स हत्या गरेका छन् । पञ्चपुरि नगरपालिका –३ स्थित तोक्मा घर भएका अमर बहादुर आले मगरले हत्या गरेका हुन् । हत्यापछि उनी पत्नीको टाउको प्लास्टिकमा पोको बनाएर भाग्दै थिए ! मंगलबार साँझ सामाजिक सञ्चालनमा एउटा तस्बिर भाइरल भयो । उक्त तस्बिरमा एक जना पुरुषले प्लास्टिकको थैलोमा केही वस्तु लिएर कतै हिँडिरहेको देखिन्छ । ती व्यक्ति हुन्, पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–३ तोक्मा भन्ने गाउँका ३८ वर्षीय अम्मरबहादुर आले ।
उनले प्लास्टिकमा आफ्नै श्रीमती ३० वर्षीया मिना आलेमगरको घाँटी काटेर हालेका रहेछन् । प्रहरीका अनुसार अम्मरले हँसियाले घरको दोस्रो तल्लाको कोठामा पत्नीको हत्या गरेर टाउको प्लास्टिकमा राखेर जाँदै गर्दा उनलाई नियन्त्रणमा लिइएको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी एवम् सूचना अधिकारी सुरज कार्कीका अनुसार प्लास्टिकमा टाउको बोकेर हिँड्दै गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यस लगत्तै इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।