इटहरी निवासी कलाकार तथा युवा व्यवसायी समाजसेवी रितेश जङ्ग खत्री पौडेलद्वारा इनरुवामा जारी इनरुवा उत्सव तथा चलचित्र महोत्सवमा भएको पहलमानहरु वीचको दोस्रो दिनको दंगल कुस्ती लडाईंमा सहभागी पहलमानहरुलाई नगद प्रदान गरेकाछन । इनरुवा उत्सव तथा चलचित्र महोत्सव का आयोजक नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का कार्यसमिती सदस्य समेत रहेका खत्रीले भारत र नेपालका पहलमान हरुले छुट्टै प्रकारको परम्परागत खेल कुस्तीखेल्न उत्सवमा आएकोले कुस्ती खेलप्रती समर्पित भएर लाग्न अझ हौसला मिलोस भन्ने हेतुले नगद पुरस्कार प्रदान गरेको बताए । कुस्तीको आज दोस्रो दिनमा कुस्ती खेल्ने रिङ्गमा खत्रीकै पूजाबाट सुरुवात भएको थियो । खत्री कलाकारिता सँगै समाज सेवामा निकै सकृय भएर लागेकाछन । नगद हस्तान्तरण पछी आफ्नो कार्य व्यसतताका कारण चलचित्र सम्बन्धी हरेक कार्यक्रममा भौतिक उपस्थिती जनाउन नसकेपनी आफुले सक्ने र पाएको जिम्मेवारी निभाउने कोसिस सधैं रहने उनले बताए ।
भारतको बिहार र नेपालको तराइ क्षेत्रमा धेरै चर्चित खेल मध्ये पर्ने कुस्ती खेल इनरुवामा भने पहिलो पटक खेलाइएको मेला संयोजक नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधानले जानकारी दिए । उनका अनुसार कुस्ती प्रतियोगीतामा नेपाल र भारतका चर्चित पहलमानहरुको उपस्थित रहेको छ । कुस्ती बाजे तीन सम्म अर्थात फागुन १५ गते सम्म चल्ने छ । इनरुवा उत्सव चलचित्र महोत्सव २०७९ नाम दिएको महोत्सवमा चलचित्र गतिबिधी सँगै बिभिन्न प्रकारका खेल साथइ प्रतियोगीता हरु भईरहेको छ। सम्पूर्ण कार्यक्रमको प्याकेजको रुपमा लिएको उत्सवमा , हरेक साझ नेपाली तथा भोजपुरी स्टार हरुले साङ्गेतिक प्रस्तुती दिरहेकाछन ।