नेपाली रास्ट्रीय महिला फुट्बल टिमकी गोल किपर तथा कप्तान अन्जिला तुम्बापोको जीवनीमा आधारित भएर निर्माण गरिएको चलचित्र ‘अन्जिला’ को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा अन्जिलाको बाल्यवस्था, फुटबल मोह ,बुवा बाधक अनी संघर्षको कथालाई निर्देशक मिलन चाम्सले गज्जबले प्रस्तुत गरेकाछन । सार्वजनिक भएको ट्रेलर हेर्दा कसैलाई लाग्दैन कि अन्जिला डेव्यु कलाकार हुन । ट्रेलरमा हेर्दा लाग्छ उनले चलचित्रमा जीवन्त अभिनय गरेकिछिन ।
आफ्नै वास्तविक् जिवन कहानी भएर पनि हुन सक्छ कि उनले जीवन्त अभिनय गरेको । सार्वजनिक ट्रेलरमा एक सफल फुटबलर बन्न अन्जिलाले गरेको संघर्षलाई पेश गरिएको छ । सार्वजनिक ट्रेलरमा चलचित्रले के पेश गर्नेछ भन्ने कुरा प्रस्ट देखाइ दिएको छ । चलचित्र हेर्न आउनुअघि दर्शकले धेरै कुरा जानेर आउनुपर्छ भन्ने लागेर ट्रेलरमा केही कुराहरू खुलासा गरिएको चलचित्रका लेखक तथा निर्देशक मिलन चाम्सले जानकारी दिए । चलचित्रका निर्माता तथा कलाकार प्रेमकुमार श्रेष्ठले यो चलचित्रमा कथा फुटबलभन्दा पनि अञ्जिलाको कथा मुख्य रहेको बताए ।
चलचित्रको प्रमुख अभिनेत्री अन्जिला तुम्बापो एञ्जिलाकै जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौंमा छायांकन गरिएको चलचित्र ‘अन्जिला’ ले अन्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको संघर्ष र सफलताको कथा पेश गर्नेछ । जसले इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिने प्रयास गरेको जानकारी निर्माण टिमले दिएको छ ।चलचित्रमा अन्जिला संगै दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ बिजय बराल लगायतका कलाकारको अभिनय रहेको छ । निर्माता प्रेम कुमार श्रेष्ठले पनि सिनेमामा मुख्य भूमिका निर्वाह गरेका छन् ।
मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा प्रेम श्रेष्ठले निर्माण गरेका हुन् । विनोद अग्रवाल र राजेश बगडिया सह–निर्माता हुन् । सिनेमामा सुदीप बरालको डिओपी, मिलन श्रेष्ठको सम्पादन रहेको छ । चलचित्रको छायाङ्कन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा, र काठमाडौँमा गरिएको छ । चलचित्रको छायाङ्कन सुदीप बरालले गरेका छन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठ हुन्, भने टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया सह-निर्माता हुन् । विनोद सुवेदी खत्रीले निर्माण नियन्त्रकको भूमिका निर्वाह गरेका छन् ।