बर्ष २०८१ को प्रतिक्षित फिल्महरुको लिस्टमा परेको नेपाली कथानक चलचित्र ‘सतिदेवी’ को चर्चा यतिबेला निकै उचाइमा पुगेको छ । पोस्टर, टिजर हुँदै आज पहिलो गीत रिलिज हुँदा सम्म यस्को चर्चा दिनप्रतिदिन बढ्दो छ । रिलिज अगाडी नै बिभिन्न चलचित्र महोत्सवहरुमा भाग लिएर, बिभिन्न बिधामा अवार्ड जितेको सतिदेवी को आज पहिलो गीत रिलिज भएको छ । निकै मार्मिक र हृदयस्पर्शी ‘लैजा दैव फिर्ता’ बोलको गीत आज ओएसआर डिजिटल को अफिसियल युट्युव च्यानलबाट रिलिज भएको हो । चलचित्रका लेखक तथा निर्देशक लक्ष्मण सुवेदीको शब्द रहेको गीतलाई सुबाश भुसालले संगीत भरेका छन भने ममता गुरुङले स्वर दिएकिछिन । गीतले सतिदेवी को कथासार बुझाउने प्रयास गरिएको छ ।
आफु छोरी भएर जन्मिएकोमा निकै पछुतो मानेकी कलाकार मलिका महतले छोरी भएर जन्मिएपछी भोग्न परेको पिडा व्यथालाई गीतले प्रस्तुत गरेको छ । छोरी भएर जन्मिएपछी पुरुष प्रधान देश नेपालमा भोग्नु परेको समस्यालाई चलचित्रले उठान गरेको छ । अहिले सम्म नेपाली समाजमा जिवितै रहेको छोरा हुनै पर्ने प्रचलन र छोरी छोरी हुँदा एक आमाले अनी जन्मिएका छोरीहरुले भोग्नु परेको पिडालाई निर्देशक तथा लेखक लक्ष्मण सुवेदीले फिल्ममा गज्जवले प्रस्तुत गरेको यो गीत हेरेर पानी सजिलै अनुमान लगाउन सकिन्छ । छोरी लाई हेला गरेको र कालन्तरमा त्यही छोरी बुवाको साहारा बन्दाको कथा लाई निर्देशक सुवेदीले पर्दामा खुबै मजाले प्रस्तुत गरेको देखिन्छ ।
चलचित्रमा मलिका महतसँगै हर्षिका वली, मञ्जिला बानियाँ(बाल कलाकार), सन्दीप बाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोला सापकोटा, सृजना अधिकारी, सुजिता सिवाकोटी, सन्देश लिम्बु, मनिषा सापकोटा, जयन्त रेग्मी, बिमल श्रेष्ठ, देव महर्जन, तुलसी श्रेष्ठ, इभेन जोशी, इश्वरी सिंह, पवन केसी र जगदिश अधिकारीको अभिनय छ ।बाबु श्रेष्ठको छायांकन रहेको चलचित्रमा तारा थापा ‘किम्भे’को सम्पादन, दीपक शर्मा र सुवास थापाको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, देव महर्जनको एक्सन छ । दिलासा, सारा र श्रीदेवी सुवेदीको लगानीमा बनेको चलचित्रमा लेखन पनि निर्देशक सुवेदीको नै छ ।