करिब दश बर्ष अघी मोफसलमा निर्माण भएर प्रदर्शनमा आएको चलचित्र ‘मिराज’ अब दर्शकहरुले युट्युबमा हेर्न पाउने भएकाछन । बुद्ध इन्टरनेशनल फिल्म्सको प्रस्तुती रहेको मिराज लाई प्रकाश सुब्बाले लेखन तथा निर्देशन गरेका छन । वाल मनोविज्ञानमा आधारित रहेर निर्माण गरिएको मिराज ले शिक्षित र गरिवी युवाहरुमा भएको बेरोजगारीले निम्ताएको निराश हतास, कुलत , गैर कानुनी काम कामदेखी आत्महत्या सम्म गर्न वाध्य भएका युवाहरुको कथालाई निर्देशक सुब्बाले गज्जबले प्रस्तुत गरेकाछन । मिराज इटहरी र धरान आसपासमा छायांकन गरिएको छ । चलचित्रले कलेजका युवाहरुको समस्या देखी पढेर प्रमाण पत्र हातमा भएर पनि जागिर नपाएका युवाहरुको समस्यालाई पेश गर्छ । चलचित्रलाई बिभिन्न सिनेमाहलमा प्रदर्शन, च्यारिटी शो र स्पेशल शो पछी दर्शकहरुको माग बढ्दै गएकाले सबै दर्शकहरुको लागी युट्युबमा अपलोड गरिएको चलचित्रका कलाकार तथा प्रोडक्सन म्यानेजर दिनेश कोइरालाले जानकारी दिए ।
एफोए इन्टरटेन्मेन्टको अफिसियल युट्युब च्यानलमा अपलोड भएको फिल्म मिराज एक घण्टा २७ मिनेट को छ । प्रकाश सुब्बा र अशोक चेम्जोङले संयुक्त्त रुपमा निर्माण गरेको मिराज का कार्यकारी निर्माता आयुब केसी र दिनेश कोइराला हुन । फिल्ममा अशोक चेम्जोङ, केशब रायमाझी दाजु शिशिर सुबेदी, कबिता गेलाल, गुरु भाइ, रुबि, तिर्थ यक्सो, दिनेश कोइराला , सरोज, जगदिस, देबेद्र , गणेस, सन्तोस, भिम दाजु रमेश मातृका तुलसी, लगायतको अभिनय रहेको छ । फिल्मलाई प्रकाश सुब्बा स्वयंमले छायांकन गरेको मिराजमा शुवास देवकोटाको सम्पादन,सन्ध्या श्रेष्ठ र रोशन पराजुलीको कोरियोग्राफी ,बिरु लामाको द्वन्द्द र बलराम समाल र मनोज मोतेको संगीत रहेको छ ।