Thursday, January 15, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

धरानमा ‘गाउ आएको बाटो’ टिमलाई मेयर साम्पाङद्वारा भव्य स्वागत

धरानमा भने स्पेशल शो राखिएको थियो । मेयर साम्पाङले सम्पूर्ण कलाकारहरुलाई भव्य स्वागत गरेका थिए ।

हंगामा खबर by हंगामा खबर
२०८१ जेष्ठ ३० गते ०९:०६ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
धरानमा ‘गाउ आएको बाटो’ टिमलाई मेयर साम्पाङद्वारा भव्य स्वागत
46
SHARES
Share on FacebookShare on Twitter

गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘गाउ आएको बाटो’ को सम्पूर्ण टिम यतिबेला पुर्वका दर्शकहरुलाई धन्यवाद दिन पुर्वका मुख्य शहरहरु बिराटनगर, इटहरी, धरान , दमक र बिर्तामोडका शहरहरुका सिनेमाहलहरुमा भ्रमणमा छन । मंगलबार बिराटनगर र इटहरीका दर्शकहरु सँग भेटघाट गरेपछी टिम साझ धरान स्थित फ्रेण्ड्स सिनेमाज तर्फ लागेको थियो । धरानमा भने स्पेशल शो राखिएको थियो । सम्पूर्ण कलाकारहरु आउने भएपछी स्थानिय सिनेमा हल र गीतकार समाजसेवी मिना सिङगकको टिमले बिशेष कार्यक्रम आयोजना गर्‍यो । बिभिन्न जातिय झाकी सहित रेड कार्पेट ओछ्यएर ताम्झामका साथ तयारी रहेको कार्यक्रमका प्रमुख अतिथी धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ थिए ।

मेयर साम्पाङले सम्पूर्ण कलाकारहरुलाई भव्य स्वागत गरेका थिए । फ्रेण्ड्स सिनेमाजको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा राई जातीहरुको साकेला नाच र लिम्बुहरुको च्याम्व्रुङ नाचद्वारा कलाकारहरु र निर्माण टिमलाई भव्य स्वागत गरिएको थियो । स्वागत कार्यक्रममा बोल्दै ‘गाउ आएको बाटो’ का लेखक तथा निर्देशक नबिन सुब्बाले धरान आफ्नो गृहनगर र कलाकारिताको उद्द्गमस्थल भएकोले दर्शकहरुको यो साथ र माया देखेर आफुलाई निकै भावुक बनाएको बताए । आफुलाई गाह्रो साह्रो पर्दा आफ्नो धरान धेरै सम्झिने उनले सुनाए । धरान आफ्नो शक्तीको स्रोत भएको सुब्बाले बताए । धरानलाई कला सँग जोडेर अझै धेरै काम गर्ने भन्दै सुब्बाले गाउ आएको बाटो धरान संग प्रत्यक्ष जोडीएको उनको दावी छ ।

ADVERTISEMENT

यस्तै कलाकार दयाहाङ राईले आफ्नो चलचित्र रिलिज भएपछी धरानले निकै ऋणी बनाएको र यो धरानेको साथ देख्दा आफुलाई भावुक बनाएको सुनाए । गाउ आएको बाटो भोजपुर र धरान सँग जोडीएको कथा भएकोलेपनी धरानेहरुले धेरै रुचाउनु भएको छ र अझै रुचाउनु हुनेमा आफु ढुक्क भएको राईले बताए । कलाकार पशुपती राईले आफु धरानमै जन्मी हुर्के कलाकारिता पाइलायही बाट चालेको र आफ्नो ठाउमा यो स्वागत सम्मान पाउदा निकै हर्सित भएको र आज आएर आफुलाई कलाकारको रुपमा धरानले दिएको यो सम्मान कहिले नबिर्सिने बताइन । कार्यक्रमका प्रमुख अतिथी धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेपाली चलचित्रको स्तर बढ्दै गएको बताए । उनले गीत संगीत र चलचित्र हेर्नपनी हामी भारतकै भर पर्नु परिरहेको बेला गाउ आएको बाटो जस्तो आर्गनिक चलचित्र बनेर केही राह्त भएको बताए । आफु दयाहाङ् राईको फ्यान भएकोले पनि यो सिनेमा हेर्न आएको बताए । फिल्मले देशको माया माटोको माया गर्ने भएकाले फिल्मको पात्र दयाहाङमा आफु पाएको बताए ।

भोजपुर तथा धरानमा छायांकन भएको चलचित्र गाउ आएको बाटोले धरानको फ्रेण्ड्स सिनेमाज मा रेकर्ड ब्रेक शो पाएको छ । सिनेमाले जम्मा दैनिक ७ शो पाएको छ । ति सबै शो हरु हाउसफुल छन । गाउ गाउमा बाटो पुगे सङै स्थानिय भित्रिएका आधुनिक औजार र दैनिक उपभोग्य सामग्रीहरुले स्थानिय हस्तकला र परम्परागत चित्रा , चोया दाम्लो नाम्लो लोप भए संगै दैनिक आम्दानीमा आएको नकरात्मक असर यिनै परम्परागत सिपले गुजारा चलाएका माइला अर्थात दयाहाङको जीवनमा आएको परिवर्तन अनी आफ्नो छोराको खुशीको लागी जे पनि गर्न तयार मरिहत्ते गर्ने एक संघर्षशील बुवा को कथा गाउ आएको बाटोले पेस गरेकोछ ।

 

Previous Post

निताको ‘ह्रस्व दीर्घ’ को पहिलो पोस्टरले साउथको झल्को दिएको दर्शक प्रतिकृया

Next Post

रिलिज भएको १० बर्षपछी प्रकाश सुब्बाको ‘मिराज’ युट्युबमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

by हंगामा खबर
२०८२ पुस २९ गते १६:५८ बजे प्रकाशित
0

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

by हंगामा खबर
२०८२ पुस २८ गते १५:०० बजे प्रकाशित
0

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

by हंगामा खबर
२०८२ पुस २६ गते ०९:१५ बजे प्रकाशित
0

‘कुमारी’ को प्रचारप्रसार आक्रमक, ठुलो व्यानर धरानमा राखियो, ५ शहरमा कन्सर्ट गरिने

‘कुमारी’ को प्रचारप्रसार आक्रमक, ठुलो व्यानर धरानमा राखियो, ५ शहरमा कन्सर्ट गरिने

by हंगामा खबर
२०८२ पुस २५ गते २२:२६ बजे प्रकाशित
0

चलचित्र ‘मिरमिरे’ को ट्रेलर रिलिज, दया र प्रकाशको मझधारमा परिन सिर्जना

चलचित्र ‘मिरमिरे’ को ट्रेलर रिलिज, दया र प्रकाशको मझधारमा परिन सिर्जना

by हंगामा खबर
२०८२ पुस २३ गते १७:३९ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist