इनरुवामा प्रदेशस्तरीय ५ दिने चलचित्र महोत्सव हुने भएकोछ । फागुन ७ गतेका दिन इनरुवा उत्सवको अवसर पारेर नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ को आयोजनामा फागुन ७ गते देखी ११ गते सम्म ५ दिने ‘प्रथम इनरुवा उत्सव: चलचित्र महोत्सव प्रदेश १, सास्कृतिक तथा पर्यटन महोत्सव २०७९’को तयारी रहेको नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधानले जानकारी दिए । प्रदेश १ मै पहिलोपटक प्रदेश स्तरिय महोत्सव हुने भएकोले पनि सुनसरीको सदरमुकाम इनरुवामा गरिएको कार्यक्रमका परीकल्पनाकार अध्यक्ष प्रधानले जानकारी दिए ।
कुल बजेट २६ लाख ३५ हजारमा सम्पन्न गर्ने तयारी रहेको महोत्सवमा प्रदेश १ मै पहिलोपटक बिक्रम सम्बत् २०४३ सालमा इनरुवामै निर्माण भएको ‘छर्किदेउ सिन्दुर लासमाथी’को बिशेष प्रदर्शन हुनेछ । यो फिल्मलाई मदन कृष्ण श्रेठ ले निर्देशन गरेका थिए । फिल्ममा प्रदेश १ का कलाकारहरुको अभिनय रहेकोछ । जहाँ धरानकी शारादा शाक्य , चर्चित लेखक निर्देशक सुरज सुब्बा नाल्वो र अध्यक्ष प्रधानको पनि अभिनय रहेकोछ । प्रधानका अनुसार प्रदेश १ स्तरीय चलचित्र महोत्सव तथा प्रदर्शनी, प्रदेश १ को नाम उच्च राख्ने यहाँका वरिष्ठ कलाकारहरुलाई ‘प्रदेश १ को तारा’ उपमाले सम्मान गर्ने तयारी रहेकोछ । चलचित्र प्रदर्शनमा भने सम्भव भएसम्म प्रदेश १ मा बनेको पहिलो फिल्म ‘छर्किदेउ सिन्दुर लासमाथी’ बाट सुभारम्भ गरिने अध्यक्ष प्रधानले बताए । इनरुवाको सि.बि. सिनेमा र कमल टाकिज सिनेमा हलमा चलचित्र प्रदर्शन गरिनेछ । इनरुवा स्थापनामा महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने स्व. दिलबहादुर श्रेष्ठ र स्व. होमबहादुर श्रेष्ठका परिवारलाई विशेष सम्मान समेत गरिने भएकोछ ।
महोत्सवका कार्यक्रमहरु
१) सांस्कृतिक झाकी तथा र्याली ।
२) प्रदेश १ स्तरिय चलचित्र महोत्सव । चलचित्र पर्दर्शन ।
३) जसले प्रदेश १ को नाम उच्च राख्यो, प्रदेश १ का तारा सम्मान कार्यक्रम (प्रदेश १ का वरिष्ठ कलाकारहरुलाई) ।
४) नेता भर्सेज अभिनेता फुटबल खेल ।
५) चलचित्र सम्बन्धी अन्तर्कृया ।
६) चलचित्र यात्रा पुस्तक विमोचन ।
७) जातिय पोशाक प्रदर्शन (र्याम्प वक) ।
८) जातिय खाना उत्सव ।
९) ब्युटिसियन स्तरिय बेहुली सुन्दरी प्रतियोगिता ।
१०) बिधालय स्तरिय नृत्य प्रतियोगिता ।
११) बेबी फेन्सी ड्रेस प्रतियोगिता ( कक्षा १ देखी ५ बर्षका बालबालिका को ) ।
१२) जसले ईनरुवा को नाम उच्च राख्यो सम्मान कार्यक्रम (शिक्षा, स्वास्थ्य, खेलकुद, चलचित्र क्षेत्रका पहिलो योगदान
पुर्याउने व्यक्तित्व लाई प्रदान गर्ने सम्मान कार्यक्रम) ।
१३) साहित्य सम्मेलन (कविता वाचन) ।
१४) प्रत्योक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती ।
१५) व्यपारिक स्टलहरु ।
१६) उत्कृष्ट कृषि उत्पादन (तरकारी) प्रर्दशन प्रतियोगिता
१७) हाउजी तथा अन्य मनोरन्जक खेलहरु ।