पुर्वी नेपालको लिम्बु जातीहरुको बिशेष कहानीमा निर्माण भएको फिल्म ‘जारी’ को पोस्टर सार्वजनिक भएकोछ । पोस्टरमा फिल्मका मुख्य कलाकारद्वय दयाहाङ राई र मिरुना मगर फिचर्ड छन् । उनीहरु श्रीमान्-श्रीमतीको भूमिकामा रहेको पोस्टरले बुझाउँछ । ‘जारी’ भन्नाले अर्काको श्रीमती लगे वापत तिरिने पैसा हो । यहि कथामा बनेको फिल्म ‘जारी’ को पोस्टर रिलिज सङ्गै रिलिज मिती समेत तोकिएकोछ । फिल्म यही बैशाख १ गते रिलिज हुने निर्माण टिमले जानकारी दिएकोछ ।
‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङले निर्माण गरेको ‘जारी’लाई कवि उपेन्द्र सुब्बाको लेखन निर्देशन रहेकोछ । नेपालको लिम्बू समुदायको सुन्दर प्रेमकहानीमा बनेको फिल्मले आफ्नो श्रीमती फिर्ता ल्याउन गरेको संघर्षलाई प्रस्तुत गर्ने निर्माण टिमले जनाएकोछ । जारी प्रथामाथि आधारित रहेको फिल्ममा दया र मिरुना सङ्गै विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बू, कमलमणी नेपाल, पुष्कर गुरुङलगायतको पनि अभिनय रहेकोछ ।