धरान र आसपासमा छरिएर रहेका करिब २०–२५ हजार ख्रीष्टका अनुयायीहरुले ख्रीष्ट जन्म उत्सवको बिशेष अवसरमा यहि मंसिर २४ देखि २८ गतेसम्म एक हप्ता खेलकुद सप्ताह सुरु भएकोछ । ख्रीष्टमस महाेत्सव-२०७९ मुल आयोजक समितीले आयोजना गरेको ख्रीष्टमस महाेत्सव-२०७९काे खेल सप्ताहकाे रुपमा अन्तर मण्डली अन्तरगत विभिन्न मनोरञ्जनात्मक खेलकुदको आयोजना गरेको छ । खेल सप्ताहको पहिलो दिन धरान भरिका पास्टर अगुवाहरु र नेपाल पत्रकार महासंघ सुनसरी वीच मैत्रीपूर्ण फुटसल सम्पन्न भएकोछ । धरान १५ स्थित बिग फुटसलमा आयोजना भएको फुटसलमा महासंघले पास्टरहरुलाई ५ को बिरुद्द २० गोल लगाएर बिजयी भएकोछ ।
मैत्रीपूर्ण फुटसलका बिजयी टिम पत्रकार महासंघलाई आयोजकको तर्फबाट ट्रफी तथा नगद रु ७ हजार प्रदान गरिएको थियो । ख्रीष्ट जन्मेको शुभ खबर सुनाउन र शुभकामना आदान प्रदान गर्नको लागी पत्रकारहरु संग मैत्रीपूर्ण फुटसल आयोजना गरिएको ख्रीष्टमस महाेत्सव-२०७९ मुल आयोजक समितीका संयोजक रेभरेन्ट हिमाल राई (जोसेफ) ले जानकारी दिए । यसैगरी खेलकुद सप्ताह अन्तर्गत मंसिर २४ गते शनिवार विहान ६ः३० बजे धरान रन सँग सहकार्य गरेर यलम्बर पार्क देखि तिनकुने–यलम्बर पार्क हुने रनिङ्ग् हुने , मंसिर २४ र २५ गते दिउसो पास्टर अगुवाहरू बिच फुटसल मंसिर २६ र २७ गते धरान–१३ अमरसेवासमाज हलमा व्याटमिनटन खेल हुने मुल आयोजक समितीका सचिव रमेश राइले जानकारी दिए ।
ख्रीष्ट जन्मोत्सवको अवसरमा धरान भरीका चर्चहरु मिलेर आयोजना गर्ने ख्रीष्टमस महोत्सव गत बर्षहरुमा कोरोनाका कारण आयोजना गर्न नसकेपनी यो बर्ष ख्रीष्टमस महोत्सव २०७९ कार्यक्रम यहि मंसिर २९ र पौष १ गतेसम्म आयोजना हुने सचिव राईले जानकारी दिए । महोत्सव धरान–१५,को चुम्लुङ्ग भवन परिसरमा हुनेछ । पौष २ गते लोकतान्त्रीक चोकमा (भानुचोक) २ बजेदेखि ४ बजे सम्म स्ट्रीट गित र नृत्य प्रस्तुत हुने आयोजकले जानकरी दिएकोछ ।