अहिले सफलता पुर्वक छैठौ हप्तामा प्रदर्शन भैरहेको चलचित्र ‘महापुरुष’ कलाकार तथा कार्यकारी निर्माता रबिन्द्र सिंह बानिया र कलाकार तथा निर्माता दिपकराज गिरी नेपाली चलचित्र निर्माताहरुको छाता संस्था नेपाल चलचित्र निर्माता संघको कार्यसमिती सदस्यमा मनोनित भएकाछन । संघको मंगलबार बसेको बैठकले निर्माता तथा अभिनेताद्वय दीपकराज गिरी र रविन्द्रसिंह बानियाँलाई कार्यसमिति सदस्यमा मनोनित गरेको अध्यक्ष नवल खड्काले जानकारी दिए । बैठकले संघका उपाध्यक्ष उदय सुब्बालाई वरिष्ठ उपाध्यक्षमा पदोन्नति गर्ने निर्णय समेत गरेको छ ।