चलचित्र हेरेको थाहा पाएपछी उत्तर कोरियाले माध्यमिक तहका दुईजना बिधार्थीहरुलाई मृत्युदण्ड दिएकोछ । उनिहरुले दक्षिण कोरियाली र अमेरिकी चलचित्र हेरेका थिए । कोरियाली नाटकहरू हेर्न वा वितरण गर्न (के–ड्रामाको रुपमा परिचित) उत्तर कोरियामा कडा रूपमा निषेध गरिएको छ ।१६ र १७ वर्षका दुई केटाहरू उत्तर कोरियाको र्याङगाङ प्रान्तको एउटा विद्यालयमा अक्टोबरमा भेटेका र धेरै दक्षिण कोरियाली र अमेरिकी ड्रामा शोहरू हेरेका इन्डिपेन्डेन्टले रिपोर्ट गरेको छ ।