झापाको कचनकवलमा प्रेमीप्रेमिका एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।कचनकवल– ४ निवासी २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्राकुमारी राजवंशीले एउटै रुखमा झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए। एभरेष्ट चिया बगान स्थित शिरीषको रुखको एउटै हाँगामा उनीहरू झुण्डिएको अवस्थामा भेटिएका हुन् । उनीहरू प्रेमी प्रेमिका रहेको प्रहरीको भनाई छ । प्रारम्भिक अनुसन्धानमा घटना शङ्कास्पद नदेखिएको पाठकले जानकारी दिए ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।