Tuesday, April 21, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

इनरुवामा ५ दिने चलचित्र महोत्सव हुने

हंगामा खबर by हंगामा खबर
२०७९ माघ १० गते १०:३९ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
इनरुवामा  ५ दिने चलचित्र महोत्सव  हुने
74
SHARES
Share on FacebookShare on Twitter

इनरुवामा प्रदेशस्तरीय ५ दिने चलचित्र महोत्सव हुने भएकोछ । फागुन ७ गतेका दिन इनरुवा उत्सवको अवसर पारेर नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ को आयोजनामा फागुन ७ गते देखी ११ गते सम्म ५ दिने ‘प्रथम इनरुवा उत्सव: चलचित्र महोत्सव प्रदेश १, सास्कृतिक तथा पर्यटन महोत्सव २०७९’को तयारी रहेको नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधानले जानकारी दिए । प्रदेश  १ मै पहिलोपटक प्रदेश स्तरिय महोत्सव हुने भएकोले पनि सुनसरीको सदरमुकाम इनरुवामा गरिएको कार्यक्रमका परीकल्पनाकार अध्यक्ष प्रधानले जानकारी दिए ।

कुल बजेट २६ लाख ३५ हजारमा सम्पन्न गर्ने तयारी रहेको महोत्सवमा प्रदेश १ मै पहिलोपटक बिक्रम सम्बत् २०४३ सालमा इनरुवामै निर्माण भएको ‘छर्किदेउ सिन्दुर लासमाथी’को बिशेष प्रदर्शन हुनेछ । यो फिल्मलाई मदन कृष्ण श्रेठ ले निर्देशन गरेका थिए । फिल्ममा प्रदेश १ का कलाकारहरुको अभिनय रहेकोछ । जहाँ धरानकी शारादा शाक्य , चर्चित लेखक निर्देशक सुरज सुब्बा नाल्वो र अध्यक्ष प्रधानको पनि अभिनय रहेकोछ । प्रधानका अनुसार प्रदेश १ स्तरीय चलचित्र महोत्सव तथा प्रदर्शनी, प्रदेश १ को नाम उच्च राख्ने यहाँका वरिष्ठ कलाकारहरुलाई ‘प्रदेश १ को तारा’ उपमाले सम्मान गर्ने तयारी रहेकोछ । चलचित्र प्रदर्शनमा भने सम्भव भएसम्म प्रदेश १ मा बनेको पहिलो फिल्म ‘छर्किदेउ सिन्दुर लासमाथी’ बाट सुभारम्भ गरिने अध्यक्ष प्रधानले बताए । इनरुवाको सि.बि. सिनेमा र कमल टाकिज सिनेमा हलमा चलचित्र प्रदर्शन गरिनेछ । इनरुवा स्थापनामा महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने स्व. दिलबहादुर श्रेष्ठ र स्व. होमबहादुर श्रेष्ठका परिवारलाई विशेष सम्मान समेत गरिने भएकोछ ।

ADVERTISEMENT

महोत्सवका कार्यक्रमहरु
१) सांस्कृतिक झाकी तथा र्याली ।
२) प्रदेश १ स्तरिय चलचित्र महोत्सव । चलचित्र पर्दर्शन ।
३) जसले प्रदेश १ को नाम उच्च राख्यो, प्रदेश १ का तारा सम्मान कार्यक्रम (प्रदेश १ का वरिष्ठ कलाकारहरुलाई) ।
४) नेता भर्सेज अभिनेता फुटबल खेल ।
५) चलचित्र सम्बन्धी अन्तर्कृया ।
६) चलचित्र यात्रा पुस्तक विमोचन ।
७) जातिय पोशाक प्रदर्शन (र्याम्प वक) ।
८) जातिय खाना उत्सव ।
९) ब्युटिसियन स्तरिय बेहुली सुन्दरी प्रतियोगिता ।
१०) बिधालय स्तरिय नृत्य प्रतियोगिता ।
११) बेबी फेन्सी ड्रेस प्रतियोगिता ( कक्षा १ देखी ५ बर्षका बालबालिका को ) ।
१२) जसले ईनरुवा को नाम उच्च राख्यो सम्मान कार्यक्रम (शिक्षा, स्वास्थ्य, खेलकुद, चलचित्र क्षेत्रका पहिलो योगदान
पुर्याउने व्यक्तित्व लाई प्रदान गर्ने सम्मान कार्यक्रम) ।
१३) साहित्य सम्मेलन (कविता वाचन) ।
१४) प्रत्योक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती ।
१५) व्यपारिक स्टलहरु ।
१६) उत्कृष्ट कृषि उत्पादन (तरकारी) प्रर्दशन प्रतियोगिता
१७) हाउजी तथा अन्य मनोरन्जक खेलहरु ।

Previous Post

बैशाख १ गते दया र मिरुनाको जारी

Next Post

झापाका प्रेमील जोडीले एउटै रुखमा झुण्डिएर आत्महत्या गरे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

by हंगामा खबर
२०८३ बैशाख ८ गते १५:४५ बजे प्रकाशित
0

चलचित्र ‘मालती मंगले’को नयाँ गीतमा विजय र वर्षा किन नाचेनन ?

चलचित्र ‘मालती मंगले’को नयाँ गीतमा विजय र वर्षा किन नाचेनन ?

by हंगामा खबर
२०८३ बैशाख ७ गते १८:०६ बजे प्रकाशित
0

चलचित्र ‘लालीबजार’ को ट्रेलरमा ‘वादी’ महिलाहरुको कुुुप्रथा विरुद्धमा स्वस्तिमा खडका

चलचित्र ‘लालीबजार’ को ट्रेलरमा ‘वादी’ महिलाहरुको कुुुप्रथा विरुद्धमा स्वस्तिमा खडका

by हंगामा खबर
२०८३ बैशाख ७ गते १७:२९ बजे प्रकाशित
0

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

by हंगामा खबर
२०८३ बैशाख ३ गते १६:५० बजे प्रकाशित
0

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

by हंगामा खबर
२०८३ बैशाख २ गते १६:५३ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद विश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

 

 

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist