मिस यूनिभर्स इन्डोनेशिया गत साता सम्पन्न भएको थियो छ । सौन्दर्य प्रतियोगितामा सहभागी केही महिलाहरूले आफूहरूसँग यौन दुर्व्यवहार भएको भन्दै प्रहरीमा उजुरी दिएका छन्। उनीहरूका एक वकिलका अनुसार ‘मिस यूनिभर्स इन्डोनेशिया’को मूल प्रतिस्पर्धाको दुई दिनअघि आयोजकहरूले प्रतियोगीहरूलाई “शरीर जाँच्न” र तस्बिर खिच्न भन्दै कम्मरमाथि निर्वस्त्र हुन लगाएका थिए। प्रतियोगिता अगस्ट ३ मा सम्पन्न भएको थियो।आयोजकहरूले प्रतियोगीहरूको शरीरमा “दाग, सेल्युलाइट (चाउरी परे जस्तो देखिनेगरी छालामुनि जमेको बोसो) वा ट्याटू भए नभएको जाँच्नुपर्ने” भन्दै त्यसो गरेको दाबी गरिएको छ। एउटा स्थानीय टेलिभिजनले उनीहरूको परिचय नखुल्नेगरी अनुहार धमिलो बनाएर यसबारे समाचार प्रसारित गरेको थियो।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।