पछील्लो समय डेङ्गु देशभरका ७४ जिल्लामा फैलिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले बुधबार सार्वजनिक गरेको ७४ जिल्लाको डेङ्गु संक्रमितको संख्यालाई हेर्ने हो भने जम्मा देशभरि १० हजार ७२६ जना डेंगुका बिरामी देखिएका छन्। ७ प्रदेश मध्ये कोशी प्रदेशमा सङ्क्रमण बढेको पाइएको छ। कोशी प्रदेशमा ८ हजार १०९ जना डेङ्गु संक्रमित रहेको महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासनीले जानकारी दिए । यसैगरी सबैभन्दा धेरै डेङ्गु संक्रमित सुनसरी जिल्लामा रहेका छन । सुनसरीपछि मोरङ १ हजार ३४४, धादिङ १ हजार २७ जना, कास्की २२५ जना, धनकुटा २२३, दार्चुला १९२ जना, झापा १८२, काठमाडौँ १५१ जना‚ सङ्खुवासभा १४८ जना र तनहुँमा ७९ जना डेंगुका बिरामी भेटिएका छन्। नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेंगु देखिएको थियो।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।