पाकिस्तानमा भएको आत्मघाती बम बिस्फोटमा परी ४४ जनाको मृत्यु भएको छ । घटनामा १०० जना घाइते भएका छन भने १५ जनाको अवस्था गम्भीर रहेको अन्तरराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन । स्थानिय राजनीतिक पार्टी जमीयत उलेमा–ए–इस्लाम–फज्ल (जेयूआई–एफ) को बैठक बसिरहेको उत्तर–पश्चिम बाजौर जिल्लामा भएको विस्फोट भएको हो । मृतकको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन्। सुरक्षाकर्मीले उक्त क्षेत्रलाई घेराबन्दी गरेका छन् र विस्फोटको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ।