मोफसलमा रहेर चलचित्र निर्माण निर्देशन र अभिनय गर्दै आएका भिम लामाको लेखन तथा निर्देशन रहेका चलचित्र ‘पहिचान’ को दुई फरक पोष्टर सार्वजनिक भएको छ । शुक्रवार दुई फरक पोष्टरहरु निर्देशक भिम लामाले आफनो फेसबुक मार्फत शेयार गरेका छन । दुई फरक पोष्टरमा एक अंग्रेजी र अर्को नेपाली भाषामा चलचित्रको नाम लेखिएको छ ।
दुवै पोष्टरमा चलचित्रका मुख्य कलाकारहरु अटाएका छन । मुख्य कलाकारहरुको गेटअप, मुड र लुक्सले उनीहरुको क्यारेक्टरको बारेमा बताएको छ । भने एकहुल जनताहरु राको पुल्ठो बाल्दै आन्दोलन गरिरहेको दृश्यले चलचित्रको कथा पहिचानकै मुद्धा उठाएकोमा ढुक्क हुनसकिन्छ । पछील्लो समय नेपालमा चर्चा को बिषय बनेको बिभिन्न जातिय पहिचानको मुद्दालाई समेटेर चलचित्र ‘पहिचान’ निर्माण गर्न लागेका हुन ।
भिम लामा फिल्मस् प्रा।लि।को ब्यानरमा निर्माण हुने चलचित्र पुर्वका विभिन्न स्थानहरुमा छायांकन सम्पन्न भईसकेको छ । करिव १ करोडको लगानीमा निर्माण गर्रिको चलचित्र ‘पहिचान’को प्रर्दशन मिति मंंसिर ५ गतेलाई तोकिएको छ । ।चलचित्रलाई भिम लामा, रामजी बिस्ट, छिरीङ लामा र उमेश तामाङ ९रोमियो लामा० ले संयुक्त्त रुपमा निर्माण गर्ने भएकाछन । चलचित्रमा धिरेन शाक्य,करिश्मा मानन्धर, प्रेम सुब्बा, राजेन्द्र खडगी, दिनेश कोइराला, सुवास तामाङ, जेनी तामाङ, रामजी बिष्ट र दिलु सुब्बालगायत कलाकारहरूको मुख्य भुमीका रहेको छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।