गायक तथा संगीतकार सरोज वलीको डेव्यु निर्माण रहेको चलचित्र “हरिबहादुर को जुत्ता” को पहिलो पोष्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा चलचित्रको मुख्य कलाकार हरि वंश आचार्यको एकल उपस्थिती रहेको छ । उनको गेटअप उनलाई निकै चर्चित बनाएको हास्य टेलिसिरियल मदन बहादुर हरि बहादुरको क्यारेक्टर हरि बहादुरकै रहेको छ । सिरियलमा पहिले सर्ट, कालो कमिज, सेतो टोपी लगाएकाछन भने “हरिबहादुर को जुत्ता” मा भने कपडाको कलर चेन्ज गरिएको छ ।
नाम र पोष्टर हेर्दा उनले पहिलेकै क्यारेक्टर हरिबहादुरको क्यारेक्टरमा कथा घुमेको छ र चलचित्रमा उनी द्वारा निभाइएको भूमिकालाई विशेष महत्व दिएको स्पष्ट संकेत गर्छ ।हरिबहादुरको जुत्ता’ले नेपाली समाज, हास्य(व्यङ्ग्य र भावनात्मक पक्षलाई स्पर्श गर्ने अपेक्षा गरिएको छ । सिनेमाको सार्वजनिक पोष्टरले दर्शकहरूमा उत्सुकता थप बलियो बनाएको छ ।
दिपेन्द्र के। खनालको निर्देशनमा तयार भएको सिनेमा एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण गरिएको हो । निर्माणमा सरोज ओली र मोहितबंश आचार्य रहेका छन् । सिनेमाको छायांकन कृष्ण बहादुर थापाले गरेका हुन् भने सम्पादन नकुल खड्काले गरेका छन् ।चलचित्रमा हरिवंशसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, किरण केसी, राजाराम पौडेल, दिव्य देव, दिनेश काफ्ले र कमलमणि नेपाल कलाकारको अभिनय रहेको छ । चलचित्र यहि दशैको फुलपातीबाट प्रदर्शनमा आउने भएको छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।