धरान र आसपासमा छरिएर रहेका करिब २०–२५ हजार ख्रीष्टका अनुयायीहरुले ख्रीष्ट जन्म उत्सवको बिशेष अवसरमा गरिने बिभिन्न कार्यक्रम अन्तर्गत खेलकुद सप्ताह सुरु भएकोछ । खेलकुद सप्ताह अन्तर्गत बुद्दीचाल खेल चेस, फुटसल, ब्याडमिन्टन लगायत खेल हरु आयोजना हुनेछन । ख्रीस्टमस बडा दिन सांगितिक साझ-२०८० मुल आयोजक समितीले आयोजना गरेको खेल सप्ताहकाे रुपमा अन्तर मण्डली अन्तरगत विभिन्न मनोरञ्जनात्मक खेलकुदको आयोजना गरेको छ । खेल सप्ताहको दोस्रो दिन बुधवार धरान भरिका पास्टर अगुवाहरु र नेपाल पत्रकार महासंघ सुनसरी वीच मैत्रीपूर्ण फुटसल सम्पन्न भएकोछ । धरान १० स्थित धरान फुटसलमा आयोजना भएको फुटसलमा महासंघले आयोजकलाई ७ को बिरुद्द १२ गोल लगाएर बिजयी भएकोछ । फुटसलमा महासंघको तर्फबाट बिकास चाम्लिङ, धिरेन लिम्बु, भोजराज श्रेष्ठ दिपेश बान्तवाले गोल ग्रेका थिए भने , आयोजकको तर्फबाट सन्जीव वान्तवा,लोक राई लगायतके गोल गरेका थिए ।
ख्रीष्ट येशु जन्मेको शुभ खबर सुनाउन र शुभकामना आदान प्रदान गर्नको लागी पत्रकारहरु संग मैत्रीपूर्ण फुटसल आयोजना गरिएको ख्रीस्टमस बडा दिन सांगितिक साझ-२०८० मुल आयोजक समितीका संयोजक रेभरेन्ट शामुएल राईले जानकारी दिए । यसैगरी खेलकुद सप्ताह अन्तर्गत पौष ५ गते धरान–१३ अमर सेवा समाज हलमा व्याटमिनटन खेल हुने मुल आयोजक समितीका सचिव पास्टर बिन्देश्वर चाैधरीले बताए । यस बर्षको बडादिन सांगितिक साझ यही पौष ६ गते र ७ गते धरान १५ स्थित इम्मानुएल कृपा चर्चमा आयोजना हुने भएको छ । कार्यक्रममा परम्परागत खानाको स्टलहरु,नर्सरी, फलफुल स्टल सुसमाचारीय सांगीतिक तथा ख्रीष्टमस चियापान समाराेह लगायत बिभिन्न कार्यक्रमहरु गरिने सचिव चौधरीले जानकारी दिए । बिगतका बर्षहरुमा गर्दै आएको हरेक कार्यक्रमलाई निरन्तरता दिदै बिभिन्न कार्यक्रमपनी समेटिएको सचिव चौधरीले जानकारी दिए ।