यही मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाकाको निर्वाचनको मौन अवधी सुरु भएकोछ । यही मौन अवधीमा चुनावी गतिबिधी सम्पूर्ण रुपमा निषेध छ । तर यही मौन अवधिमा पैसा बाँडेको आरोपमा प्रहरीले काठमाडौं–५ को प्रदेशसभा ‘ख’का उम्मेदवार दीपक निरौलालाई पक्राउ गरेको छ । निरौलासहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले बताएकाछन । पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–६ का वडा अध्यक्ष रवि खड्का र नेकपा एमालेको बुढानिलकण्ठ नगरपालिकाका नगर अध्यक्ष प्रदिप डंगोल छन् । काठमाडौं–५ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमाले नेता ईश्वर पोखरेल चुनावी प्रतिस्पर्धामा रहेकाछन ।
रातोपाटीमा खबर छ ।